Logo

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउ अभियानमा लाग्न डा.बाबुराम भट्टराईको अपिल


कलाखबर संवाददाता,१० बैशाख –काठमाण्डौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउ अभियानमा लाग्न अभिव्यक्ति दिएका छन् । उनले पछिल्लो समय सरकारले ल्याएका दुई अध्यादेशप्रति लक्षित गरेर प्रधानमन्त्री ओलीको विरोध गरेका हुन् ।

उनले वर्तमान प्रधानमन्त्री ओलीलाई तत्काल हटाउनुको विकल्प नभएको भन्दै यसको लागि अभियान सुरु गर्नुपर्नेपनि बताउन थालेका छन् । सामाजिक सञ्जालमार्फत ट्विटर गर्दै पूर्व प्रधान मन्त्री समेत रहेका भट्टराईले सो कुरा बताएका हुन् ।


अध्यादेश ल्याएकै दिन नेता भट्टराईले त प्रधानमन्त्री ओलीलाई लोकतन्त्रको हत्याराको संज्ञा दिँदै ओलीसँग होशियार हुनुपर्ने टिप्पणी गरेका थिए । “सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो।

जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध हो। देश थप संकटमा फस्दैछ१लोकतन्त्रका हत्यारादेखि सावधान१” भट्टराईले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्