Logo

अहिले सम्मकै सबैभन्दा धेरै जनामा कोरोना बैशाख ५ गते भेटियो,अब संक्रमित संख्या ३० पुग्यो


कलाखबर संवाददाता,५,बैशाख– काठमाण्डौं । नेपालमा दिनानुदिन कोरोना संक्रमित संख्या बढदै जाने क्रममा सबै भन्दा धेरै आज बैशाख ५ गते पत्ता लागेको हो । आज एकै दिनमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार उदयपुरका १२ जना पुरुष रहेका छन् भने चितवनमा एक पुरुष र महिला रहेका छन्।उदयपुरमा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय र चितवनमा २७ वर्षका पुरुष र ६३ वर्षीया महिलामा कोरोना भाइरस देखिएको हो। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसअघि उदयपुरका १२ जनाको विराटनगरस्थित कोशी अस्पताल र चितवनका २ जनाको चितवनमा गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि थप परीक्षणका लागि टेकुमा पठाइएको थियो।

टेकुमा परीक्षणका क्रममा पनि सबैको पोजेटिभ रिपोर्ट आएपछि मन्त्रालयले उनीहरुका विषयमा जानकारी सार्वजनिक गरेको हो।
यो सहित आज सम्म कोरोना संक्रमित संख्या ३० पुगेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्