Logo

टिकटकबाट भाइरल बनेका सिजन क्षेत्री फेरि मोडलिङमा डेब्यू गर्दै


 

रमिला तमाङ,५,बैशाख– काठमाण्डौं । टिकटकबाट भाइरल बनेका सिजन क्षेत्रीको पहिलो म्यूजिक भिडियो बजारमा सार्बजनिक भएको छ । चितवन जिल्लालाई कर्मथलो बनाएका उनलाई प्रायले टिकटक स्टार भनेर नै चिन्छन् । टिकटकबाट चिरपरिचित क्षेत्रीले “छोडी गयौं”……. बोल गीतको म्यूजिक भियोबाट मोडलिङमा डेब्यू सुरु गरेको हो ।

अनिश गुरुङको स्वरलहरी रहेको गितमा टिकटकस्टार तथा मोडल सिजन क्षेत्री र बबिता तामाङले रोचक अभिनय गरेका छन् । निराजन शाही र शोभित गुरुङको संयुक्त निर्देशनमा बनेको भिडियो बिहिबार सार्बजनिक गरिएको हो । पछिल्लो समय सिजन क्षेत्रीले टिकटकबाट आम दर्शकको मन जिते पछि उनी एकाएक चर्चामा पुगेका थिए ।

हुदाहुदै अन्त त त्यही टिकटकको अभिनयले उनलाई वास्तविक म्यूजिक भिडियोको अभिनयतिर पुरयायो । उनी 2017 का मिस्टर चितवन वेस्ट फोटोजेनिक पनि हुन् । चितवनका विभिन्न ईभेन्टहरुमा आबद्ध हुदै आएका उनले  face of Chitawan का 2nd runner up  उपाधी समेत हात पारिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्