Logo

उदयपुर जिल्लामा पनि थप ८ जनामा कोरोना पोजेटिभ भेटियो Breaking News


 

कलाखबर संवाददाता,५,बैशाख– काठमाण्डौं । उदयपुर जिल्लाको मस्जिदमा लुकेर बसेका थप ८ जनामा कोरोना कोरोना पोजेटिभ भेटिएको छ । उनीहरु लकडाउनको बेला भागेर आएका भारतीय नागरिक भन्ने खुल्न आएको छ ।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।

सो क्रममा उनीहरु १० जना मध्य ८ जनामा कोरोना पोजेटिभ भेटिएको हो । उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो।

सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालयसँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्