Logo

पहाडमा कृषि पेशा निल्नु न ओकल्नु


 

भोलानाथ पौड्याल
फलेवास नगरपालिका–१, कार्कीनेटा, पर्वत ।

कलाखबर संवाददाता,५,बैशाख– काठमाण्डौं । कृषि प्रदान देश नेपाल, देशमा साठी प्रतिशतभन्दा बढी मानिसहरु कृषि पेशामा निर्भर रहन्छन् । देशको आधाभन्दा बढी क्षेत्रफल पहाडी भूभाग रहेको छ । देशको आर्थिक विकास कृषकहरुको विकासबिना सम्भव छैन । त्यसैले कृषि पेशाको विकास गर्नु अहिलेको आवश्यकता हो । देशको समग्र विकास गर्नु छ भने जनसंख्याको बाहुल्यता रहेको कृषि पेशालाई प्राथमिकता दिई नीति तथा कार्यक्रम निर्माण गरी प्रभाबकारी कार्यान्वयन गर्नु पर्छ ।

नेपालमा कृषि पेशाको विकासको लागि नीति तथा कार्यक्रम नभएका होइनन् तर आधुनिकीकरण कार्यक्रमको अभाब मात्र भएको हो । विश्वले बैज्ञानिक बिधिद्धारा खेती प्रणालीलाई विस्तार गरी धेरै प्रगति गरेका उदाहरणहरु छर्लङग छन् । नेपालीहरुले विश्वका धेरै देशहरुमा कृषि सम्बन्धी व्यवसायमा रोजगारी प्राप्त गरी श्रम खर्चिएका छन् र त्यही सानो रकमबाट परिवारसहित विप्रेशणले आफ्नो देशलाई माया गर्न बाध्य बनेका छन् ।

नेपालमा कृषि पेशा बाध्यताले अवलम्बन गर्नुपर्ने स्थिति रहेको छ । गुणस्तरीय छैन, यहाँ गुणस्तरीय, व्यावसायिक र प्राविधिक शिक्षालाई कम महत्व दिइन्छ । देशमा रहेका ठुला उद्योगको संख्या हातमा गन्न सकिन्छ अर्थात कम छन् र थोरै संख्यामा मात्र रोजगारी सिर्जना गरेका छन् । ठूला उद्योगको विस्तार गर्न धेरै रकमको अभाब पर्ने कारण नेपालजस्ता गरिव राष्ट्रहरुमा विस्तार गर्न त्यति सजिलो छैन । त्यसैले कृषि पेशामा लगानी गर्नु नै अहिलेको लागि उत्तम विकल्प हो ।

भौगोलिक विकट्तासमेत रहेको पहाडी क्षेत्रमा कृषि पेशा त्यति सजिलो छैन । कृषि पेशा व्यावसायिक रुपमाभन्दा पनि खानको लागि मात्र गर्ने प्रचलन पहाडमा रहेको छ । हुन त व्यावसयिक रुपमा नगर्दा उत्पादित कुषि सामग्रीको लागत केही बढ्न सक्छ तर व्यावसायिक रुपमा पनि कसरी गर्न सकिन्छ जहाँ आधारभुत कृषि सामग्री र पूर्वाधारको समेत अभाव देखिन्छ । कृषि व्यावसाय गर्ने हो भने उत्पादनको लागत उठ्दैन नगर्ने हो भने रोजगारी छैन कसरी गर्जो टार्ने बाध्यता छ ।

नेपालमा प्राय धेरै कृषकहरु गरिवीको कारण कृषि पेशा अवलम्बन गर्न बाध्य छन् । गरिव रहेकै कारणले राजनीतिक पहुँच हुँदैन अनि अनुदानको अवसर कसरी पुग्छ यो त परको कुरा रह्यो । नगरे के खाने गरे दुख उठ्दैन धेरै किसानहरुको शुस्केरा सहितको आवाज हो यो ।

कृषकको समस्या बुझने राजनीतिज्ञहरुको खाँचो छ जसले वास्तविक किसानका समस्या बुझोस र अनुदान प्रणालिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी वास्तविक किसानमा उत्साह छर्न सकोस् । मलाई धेरै पहाडी जिल्ला भ्रमणको अनुभव छ, वास्तविक किसान सँग भलाकुसारी गर्नै मौका मिल्यो, किसानका समस्या धेरै छन्, समस्यालाई समाधान गर्न राष्ट्रले पहल गर्न आवस्यक छ ।

पहाडी क्षेत्रका वास्तविक किसानहरुलाई कृषि पेशा निल्नु न ओकल्नु बनेको छ किनकी कृषि पेशा गर्दा लागत उठदैन नगरे पूर्णरोजगार छैन, पूर्णरोजगार नभएर यो कृषि पेशा अवलम्वन गरेर थोरै मात्र आम्दानी भए पनि अर्धरोजगारी गर्न बाध्य छन् किसान ।

किसानले श्रम गर्छन, सरकारले खेती प्रणालीमा बैज्ञानिक विधि भित्र्याउनु पर्छ र वास्तविक कृषकलाई अनुदान उपल्ब्ध गराउनु पर्छ । भैरहेको विमा प्रणालीलाई सहज रुपमा विस्तार गर्नु पर्छ र सहज रुपमा क्षती दावि गर्न सक्ने वातावरण सरकारले निर्माण गर्न सक्नुपर्छ ।

कृषकबाट उत्पादन भएका वस्तु तथा सेवाहरुमा नाफासहितको मूल्य निर्धारण हुनुपर्छ र बजारीकरणको जिम्मा एक द्वार प्रणालीमा सरकारले जिम्मा लिनुपर्छ । कृषकलाई आवस्यक अनुदान उपलब्ध गराउनु, उचित मूल्य निर्धारण गर्नु का साथै सरकारले बजारीकरणको पूर्ण रुपमा जिम्मा लिने कार्य गर्न सकेमा मात्र कृषकको निर्दोष आँखामा सरकार सफल भएको अनुभूति देख्न सकिएला ।

प्रतिक्रिया दिनुहोस्