Logo

मध्यरातमा बीनाकारण डाक्टर कुटने डिएसपीको पद चैट( प्रेस विज्ञप्ती सहित )


कलाखबर संवाददाता,४ बैशाख –काठमाण्डौं । डयूटी सकेर घर फर्कदै गर्दा मध्यरातमा सडकको बीचमा डाक्टर कुट्ने महाराजगञ्जका डिएसपी उमेश लम्सालको पद खोसिएको छ । परिचय पत्र देखाउदा पनि आफ्नो मर्यादालाई भुलेर डाक्टर कुटेको समाचार आए पछि उनी कारबाहीमा परेका हुन् । महाराजगञ्जको वृत प्रमुखमा कार्यरत उनी अनुसन्धानका लागि अहिले रानीपोखरी तानिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टर कुटपिट प्रकरणपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख लम्साल महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् । उनीमाथि विभागिय कारबाहीको तयारी समेत गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले उनी माथि थप कारबाहीको तयारी गरिएको समेत जानकारी दिनुभयो ।

बुधबार ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको थियो । प्रहरीले उक्त घटनाको छानविन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण वज्राचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन् । लम्साललाई आवश्यक कार्बाहीको लागि महानगरीय प्रहरी कार्यलय रानीपोखरीले प्रेस विज्ञाप्ती जारी गरेको छ । अस्पताल प्रशासनले पनि लम्सालको आवश्यक कार्बाहीको माग गर्दै एक विज्ञप्ती जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्