Logo

लकडाउनको मौकामा सडक पिच गर्ने सडक विभागको तयारी, कहा कहा ? कुन कुन सडक हुदैछ मर्मत ?


कलाखबार संवाददाता, ३ बैशाख–काठमाण्डौं । सडक विभागले लकडाउनकै अवधिमा आवश्यक सतर्कता अपनाएर त्रिभुवन राजपथको नौबिसे(पिपलमोड ९नागढुंगा० सडक खण्डको मर्मत गर्ने तयारी गरेको छ । लकडाउनमा सडक खाली भएको मौका पारेर यो सडकखण्ड सुधारको काम गर्न प्रयास भइरहेको महानिर्देशक केशवकुमार शर्माले बताए । अहिले काम गर्न सकिए गाडी रोक्नुनपर्ने र यात्रुले सास्ती पाउने अवस्था पनि नहुने उनको भनाइ छ ।

यो सडकखण्ड प्रत्येक बर्खायाममा धेरै क्षतिग्रस्त हुने गरेको यो बाटो लकडाउनको समयमै काम गर्न अनुमति मागिएको विभागले बताएको छ । काठमाडौं सडक डिभिजनले हेर्ने नागढुंगाको चेकपोस्टदेखि पिपलमोडसम्मको सडक मर्मतको काम भने भइसकेको छ । चितवन सडक डिभिजनको जिम्मा रहेको यो सडकखण्डमा अस्फाल्ट पिच गर्न चितवनको जुगेडीबाट कालोपत्रे तयार गरेर ल्याउनुपर्ने अवस्था छ ।

सरकारले यो काम अघि बढाउन विभागलाई ‘ग्रिन सिग्नल’ दिइसकेको छ । यो समयमा सडक खाली हुने हुँदा गाडी नरोकी काम गर्न सकिने भएकाले अनुमति मागिएको विभागका महानिर्देशक शर्माले बताए। विभागले लकडाउनको अवधिमा चाबहिल(गौशाला खण्ड पनि सुधार गर्ने तयारी गरेको छ । यसका लागि पनि सरकारको सहमति रहेको विभागले जनाएको छ।

गौशाला(चाबहिल सडक खण्डमा खानेपानीको पाइप फुट्ने समस्या भए पनि नयाँ पाइप फेर्ने काम सकेर अहिले पिच गर्ने तयारी भइरहेको छ । ‘यी आयोजनाहरूमा कसरी काम गर्ने भनेर दुवै आयोजनाका निर्माण कम्पनीले तयारी गरिरहेका छन् । उनीहरूले कति गाडी, मेसिन र श्रमिक कसरी परिचालन गर्ने भनेर कार्यायोजना तयार गर्दैछन्,’ उनले भने,’त्यस लगत्तै हामी यी आयोजनाहरुमा काम थाल्छौँ ।

भारतीय कामदार घर फर्किएकाले नागढुंगाको सडक मर्मतको काम गर्न भने सहज हुने देखिएको छैन । ठेकेदार कम्पनीले आवश्यक प्रवन्ध गरिरहेको जानकारी विभागलाई गराएको छ । कामदारहरुबीच दुरी कायम हुने गरी सुरक्षा सतर्कता अपनाएर काम हुने शर्माले बताए । सरकारले अहिले लकडाउनमा बनाउन लागेको चाबहिल(गौशाला खण्डमा धेरै खाल्डाहरु छन् ।

खानेपानीको पाइप फुटिरहने समस्याले यो खण्ड जति मर्मत गर्दा पनि स्तरीय बन्न नसकेको विभागका अधिकारीहरु बताउँछन् । यसपटक भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी०सँग समन्वय गरेर पाइप बिछ्याउने र सडक मर्मत गर्ने कामका लागि एउटै ठेकेदार परिचालन गरिएको छ ।

कालिका कन्स्ट्रक्सनले यो खण्ड मर्मतको जिम्मा पाएको छ । गत वर्षसम्म सडक विभागले महिनौंदेखि बिग्रेको सडक पनि ठूलो दबाबपछि बल्लतल्ल बनाउँथ्यो । तर, यसवर्ष हिउँदबाटै सडक मर्मतको काम भइरहेको थियो । विभागले लकडाउनका समयमा कम कामदार प्रयोग हुने खण्डमा काम जारी गरेको छ भने पुलको काम पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्