कोरोनाको जस्तो आक्रमण शैलीमा रणनीतिक योजना लागु गरी भ्रष्टाचार नियन्त्रण गरेमा विकास किन हुँदैन ?
भोलानाथ पौड्याल
फलेवास नगरपालिका–१, कार्कीनेटा, पर्वत ।
कलाखबर संवाददाता,३ बैशाख–काठमाण्डौं । विगत सय बर्षलाई मात्र हेर्ने हो भने पनि सरुवा रोगका महामारी नआएका होइनन् । सार्स कोरोनाबाट मर्स कोरोना हुँदै अहिले नोवल कोरानाले विश्वमा द्धन्द गरिहेको छ । कोरोनाजस्ता सरुवा रोगका भाइरसहरु धेरे आएका छन्, जसले हालसम्म विश्वमा करोडौँ मानिसहरुको मृत्यु भएको यथार्थ छ ।
पोलियो रोगले सन १९५० सम्ममा यूरोप, अमेरीका लगायतका राष्ट्रहरुमा लाखौँ मानिसको मृत्यु भएको थियो, जुन अहिले खोप आएसँगै उन्मुलनको अवस्थामा छ भन्न सकिन्छ । ज्क्ष्ख् वाट हालसम्म विश्वमा करिव सवा तीन करोड मानिसहरुको मृत्यु भैसकेको सूचना देख्न सकिन्छ । विभिन्न प्रकारका फ्लु, इबोला, आँैलो, दादुुरा जस्ता रोगहरुबाट विश्वमा धेरै मानिसहरुको मृत्यु भएको थियो । अहिले विश्व एक भएर कोरोनासँग जुध्न बाध्य बनेको छ र जुधिरहेको छ ।
हरेक अप्ठ्यारोहरुले केही न केही नयाँ ज्ञान दिने गर्दछन । कोरोनाको संक्मण प्रकृति हेर्ने हो भने यसले कसैलाई संक्रमण गर्दैन तर मानिसले स्व संक्रमण गराउँछ, अर्थात जो व्याक्तिहरु सामाजिक दुरी कायम गर्दैनन् त्यस्ता व्याक्तिहरुले आँफै आफ्नो शरीरमा संक्रमण गराउनु हो । त्यसैले सरकारले गरेको लकडाउनको पूर्ण पालनामा सामाजिक दुरी कायम गरी स्वस्थ रहन यसै मार्फत अनुरोध गरी स्वास्थ्यको कामना गर्दछु । जीवन संघर्षको फल हो, जहाँ हरेक प्राकृतिक प्रकोप सँग जुध्न र प्रकृतिले दिएका अवसरहरुलाई सदुपयोग गर्न सक्नु संघर्ष हो ।
हरेक रोगले सानो–ठूलो, धनी–गरिव, दोषी–निर्दोषी, राम्रो–नराम्रो इत्यादी विषयलाई ध्यान दिंदैन तर खुशीको कुरा नावल कोरोनाले दोषी–निर्दोषी पक्षलाई राम्रो सँग ख्याल गर्दछ । जो मानिसहरु सामाजिक दुरी कायम गरी निर्दोष रहन्छन् त्यस्ता मानिसहरुलाई कोरोना लाग्दैन तर दोषी मानिसहरुमा कोरोना लाग्नुलाई के भन्नुहुन्छ ? यो प्रश्न पाठक मञ्चमा छाड्नुनै उचित रह्यो । यसवाट सिकेको एउटा पाठ हो दिर्घकालिन रणनीतिक योजना ।
समानुपातिक विकास नहुनु भनेको धनी झन–झन धनी बन्दै जानु र गरिब झन–झन गरिव बन्दै जानु हो । समानुपतिक विकास गर्नका लागि पूँजीगत खर्च गरी गरिव बेरोजगारहरु लाई रोजगार दिलाउनु पर्दछ । पूँजीगत खर्चले मुख्यतया दुई किसिमका खर्चलाई जनाँउछ एउटा उत्पादनशील क्षेत्रमा गरिने लगानी र अर्को स्थीर पूँजीमा गरिने लगानी । उत्पादनशील क्षेत्रमा लगानी बढ्वा दिई देशमा रहेका बेरोजगार व्याक्तिहरुलाई रोजगारी प्रदान गरी वस्तु तथा सेवामा आत्मनिर्भर बनी आयात भन्दा निर्यातको मात्रा बढाउन सकेमा विकास हुन वाट कसैले छेक्न सक्दैन ।
नेपालमा विकास गर्न धेरै कुरा आवश्यक पर्दैन मात्र दुईवटा कुराले अवरोध गरीरहेका छन् । पहिलो दिर्घकालिन रणनीतिक योजना प्रभाबकारी बनाउन नसक्नु र बनाएका योजनापनी कार्यान्वयन गर्न नसक्नु अर्को भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु । पूर्वाधारहरुको विकास, गरिवलाई तथा वेरोजगारीलाई रोजगार, उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार लागि पर्ने र नीजी क्षेत्रलाई लगानी मैत्री वातावरण सिर्जना गर्ने हो भने किन हुँदैन विकास ।
धेरैले भन्ने गर्छन, नेपालमा स्रोत साधनको अभावका कारण विकास हुन सकेन यस विषयलाई मैले मान्दीन किनकी के भएका सा्रेत साधनहरु अधिकतम सदुपोग गरिएका छन्, प्रश्न पाठकलाई । नेपालमा राजनीति एउटा व्यवसाय नै बनेको छ । करोडौँ खर्च गरेर चुनावमा प्रतिस्पर्धा गरिन्छ र प्राथमिकताका आधारमा क्रमश आफ्नो, आफ्न्तको र कार्यकर्ताको भलाइमा लागिन्छ, अनि कसरी हुन्छ विकास ।
दिर्घकालिन रणनीतिक योजना निर्माण गर्न विज्ञहरुलाई प्रयोग गर्ने, भ्रष्टाचारलाई शुन्य शहनशिलतामा लैजाने र राजनीतिक पहँचको प्राथमिकताका आधारमा नभई वीज्ञता र बेरोजगारीलाई मध्य नजर गरेर उत्पादनशील क्षेत्रमा रोजगारी प्रदान गर्ने र उत्पादन वृद्धी गर्दै आयात भन्दा निर्यातलाई बढवा दिने हो भने व्यापार घाटा शून्य भई अन्य देश नेपालमा निर्भर बन्नेछन् । यसो गर्न सकेमा हाम्रो देश नेपालले काँचुली फेर्नेछ अनि नेताको वास्तविक परिभाषा आउनेछ र जनताले विकासको अनुभव सहितको श्वास फेर्दै, भन्नेछन् हाम्रा नेता राम्रा नेता ।