Logo

सनसिटी घटनाले आम नेपालीमा छायो सन्त्रास, राजधानीमा अब खतराको घण्टी


कलाखबर संवाददाता,२ बैशाख – काठमाण्डौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा कोरोना भाइसरस भएको शंका पछि परिक्षण गर्दा दुई जनामा पोजिटिभ भेटिएको छ । दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै अपार्टमेन्टमा बस्ने करिब पाँच सय परिवारका १८ सय जना जोखिममा परेका छन् ।

उनीहरुबाट थप व्यक्तिमा समेत संक्रमण भएको हुनसक्ने भएसँगै उपत्यका नै जोखिममा परेको छ । । हाल अपार्टमेन्टमा शिल भइसकेको छ । त्यहाँ बस्नेको सबैको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी गरेको जनाएकाको छ ।

धेरैले लिफ्ट प्रयोग गर्ने भएकाले त्यसबाटै संक्रमण भएको आशंका समेत गरिएको छ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद दुई जनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको ।

प्रतिक्रिया दिनुहोस्