बैखाख १५ सम्म थपियो लकडाउन

,२ बैशाख – काठमाण्डौं । बैसाख १५ सम्म लकडाउन लम्ब्याउने सरकारले निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि सरकारले लगाएको लकडाउनको आदेश बुधबार सकिने भएपछि सरकाले बैसाख १५ सम्म लकडाउन जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जानकारी दिइन्। उनका अनुसार बीचमा उपत्यका बाहिर जानका लागि खुला गर्ने कुनै पनि निर्णय समेत भएको छैन।
‘मन्त्रिपरिषद् बैठकले बैसाख १५ सम्म बन्दाबन्दी जारी राख्ने निर्णय गरेको छ,’ उनले भनिन्, ‘बीचमा उपत्यका बाहिर जान दिने कुनै निर्णय भएको छैन।’ कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको आदेश चौथोपटक लम्ब्याएको हो।