Logo

सेवाग्राही माथी वल्र्डलिङ्क नेटको खेलवाड,इन्टरनेटको पहुँचबाट टाढा भए पछि ग्राहकको आक्रोस


कलाखबर संवाददाता,२ बैशाख – काठमाण्डौं । अहिलेको आपतकालिन अवस्थामा सेवाग्राहीहरुलाई बत्ति,टेलिफोन र इन्टरनेट सेवामा छुट दिनु भनेर सरकारले घोषणा गरि रहेको अवस्थामा वल्र्डलिंङ्क कम्पनीले सेव ग्राहीमाथी ठूलो घात गर्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई इन्टरनेटमा ग्राहकलाई सुविधा दिन आग्रह गरिरहेको बेला वर्ल्डलिंकले भने पैसा नबुझाउने ग्राहकको लाइन नै धमाधम काटिन थालेका छन् ।

बीना जानकारी सेवा बन्ध गर्न थाले पछि ग्रहकले चर्को गुनासो गर्न थालेका छन् । लकडाउनको सुरुका केही दिनमा लाइन नकाटेको वल्र्डलिंकले लाइन काट्नथालेपछि अहिले पैसा सिद्धिएका ग्राहक इन्टरनेट पहुँचबाट वञ्चित भएका हुन् । त्यस माथी पनि साह्रै ढिलो चल्ने वल्र्डलिङ्कले सेवाग्राही ग्राहको सन्तुष्टि नमेटाएको माथी पनि अहिलेको आपतकालिन अवस्थामा मनपरी लाइन काटन थाले पछि अहिले यो कम्पनीको चौतर्फी बिरोध हुन थालेका छन् ।

सरकारको नियम विपरीत कार्य गर्ने यस्तो कम्पनीलाई आवश्यक कार्बाही गर्नुपर्ने ग्राहकहरुले माग गरेका छन् । लकडाउनको बेलामा पनि मुलुकभरका विभिन्न शाखा निश्चित समयको लागि खुलेको र अनलाइन भुक्तानी समेत गर्न सकिने भएकाले ग्राहकलाई शुल्क पछि तिर्ने कुनै सुविधा नभएको वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवले बताए।

यसबाट के पुष्टि हुन्छ भने ग्राहकको सेवामुखी नभएर व्यापारी पैैसामुखी वल्र्डलिङ्क कम्पनी भएको प्रस्तै बुझिन्छ । वल्र्डलिंकले अनलाइन वा शाखामा पुगेर मासिक शुल्क तिर्न सकिने भने पनि सहज भने नभएको ग्राहक बताउँछन्। सबै ग्राहकले अनलाइनमार्फत पैसा तिर्न सक्दैनन्।

अर्कोतिर, वर्ल्डलिंकले भने जस्तै शाखा पुगेर शुल्क तिर्न सक्ने अवस्था छैन। सरकारले लकडाउनमा कडाइ गरेकाले नजिकको शाखा पुग्न सक्ने अवस्था नै छैन। प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले इन्टरनेटको शुल्क तिर्न भनेर कोही पनि बाहिर हिँड्न नपाउने बताए।

प्रतिक्रिया दिनुहोस्