Logo

घरको छतमा दाउरा बालेर नयाँ बर्ष मनाउन मासु पकाउदै प्रचण्ड


कलाखबर संवाददाता,१ बैशाख – काठमाण्डौं । नयाँ बर्ष मनाउन नेकपाका अध्यक्ष प्रचण्डले घरको छतमा बसेर दाउरा बालेर आफैले मासु पकाएका हुन् । उनले छोरी ज्वाँइलाई पनि सँगै राखेर घरको बाहिर दाउरामा मासु पकाएका हुन् ।

नयाँ वर्षको दिन छोरीज्वाइँसँगै बसेर प्रचण्डले मासु पकाइरहेको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा प्रचण्डले मासु चलाइरहेका छन् । आँगनमा दाउरा बालेर मासु पकाउने बेला छोरी गंगा र ज्वाइँ जीवन आचार्य साथमै छन् ।

प्रचण्डले घरभित्र नभई बाहिरै मासु किन पकाए होलान् भन्ने चासो देखिएको छ । प्रचण्ड पत्नी सीता दाहाल माछामासु नखाने भएकाले पनि बाहिरै पकाएको हुन सक्ने केहीले अनुमान गरेका छन् । उनले सार्वजनिक गरेको तस्बिरमा यस्तै प्रतिकृया आएका छन् ।

प्रतिक्रिया दिनुहोस्