Logo

यो सालको नयाँ बर्ष राष्ट्रिय गानबाट स्वागत


कलाखबर संवाददाता, १ बैशाख –काठमाण्डौं । यो सालको नयाँ बर्षलाई राष्ट्रिय गान गाएर स्वागत गरिएको छ । विश्वमा फैलिएको कोरोना महामारीको संक्रमनसँगै  नेपालीहरुले राष्ट्रिय गान गाएर नयाँ वर्ष २०७७ सालको सुरुवात गरेका छन् । चिकिसत्क तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा नेपालीहरुले सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाएका हुन् ।

सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, सर्वसाधारण लगायतले बिहान ८ बजेको समयमा आफू रहेकै स्थानमा उभिएर राष्ट्रिय गान गाएका थिए । राष्ट्रिय गान गाइसकेपछि उनीहरुले ताली बजाएका थिए । आइतबारै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोक्न अहोरात्र खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन र ताली बजाउन सबैलाई आह्वान गरेका थिए ।

सिंहदरबार अगाडिको बग्गीखानामा ट्राफिक प्रहरीहरुले हातमा राष्ट्रिय झण्डा समातेर राष्ट्रिय गान गाएका थिए । सोमबार बिहान ट्राफिक प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय तिनकुने र घर तथा चोकहरुमा मानिसहरुले राष्ट्रिय गान गाएको देखियो ।

यो सालको नयाँ बर्ष भने विगतको जस्तो रमाईलो र उल्लास महशुस गरिएको थिएन । आम सर्बसाधारण जनता घरमा नै प्रतिवन्ध गरिएकोले अहिले राजधानी काठमाण्डौं सुनसान छ । सदाको जस्तै अहिले मान आवतजावत कम छैन, सडक पुरै सुनसान छ ।

प्रतिक्रिया दिनुहोस्