Logo

बैसाखमा विवाह गर्न प्रतिबन्ध, गरेमा कारवाही गर्ने सरकारको चेतावनी


कलाखबर संवाददात,२९चैत्र–काठमाण्डौं ।  यो पटकको वैशाखमा डोटीको जोरायल गाउँपालिका–२ मा भने विवाह तथा व्रतबन्ध गरे कारवाही हुनेभएको छ ।

वडाकार्यालयले शुक्रवार एक सार्वजनिक सूचना जारी गरी ‘विवाह, व्रतबन्ध, मेला, भोजभतेर’ गर्न पूर्ण बन्देज गरेको जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि यस्ता कामहरु बन्देज गरेको उल्लेख गर्दै सूचनामा यो नियमको पालना नभए नियमअनुसारको कारबाही गरिने जनाएको छ ।

‘वैशाखामा विवाह, व्रतबन्ध व्यापक हुनेगर्छ ।  जसमा ठुलो भीड लाग्ने हुन्छ,’वडाध्यक्ष मानबहादुर मल्लले भने,‘त्यसबाट कोभिड–१९को संक्रमणको जोखिम उच्च हुनेभएकाले यस्तो निर्णय गरेका हौ ।’  २०७७ सालमा भने वर्षभरिमा जम्मा १८ दिन मात्र साइत रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो असोजमा मलमास परेकाले विवाहको लगन पनि कम मात्रै परेको हो । आउँदो वर्ष वैशाखमा ७ वटा, जेठ र मंसिरमा /४ वटा तथा असारमा ३ वटा गरी १८ वटा मात्र विवाहको लगन छ ।

प्रतिक्रिया दिनुहोस्