विश्वभर कोरोनाबाट मृत्यू हुनेको संख्या एक लाख नाघ्यो,संक्रमित संख्या १६ लाख भन्दा बढी

कलाखबर संवाददाता,२९,चैत्र–काठमाण्डौं । विश्वभर महामारीको रुपमा फैलिएका कोरोना भाइरसबाट मृत्यू हुनेको संख्या अहिले एक लाख नाघीसकेको छ । आज सम्मको विश्व तथ्याङ्क अनुसार मृत्यू हुनेको संख्या १,०२७३४ र संक्रमितको कुल संख्या १६,९९,६७६ पुगेको छ ।
विभिन्न मुलुकमा ठूलो संख्यामा मानिसको मृत्यू भई रहेको अवस्थामा नेपालमा भने कसैले पनि अहिले सम्म ज्यान गुमाउनु परेको छैन । कुनै पनि कोरोना संक्रमित बिरामी पहिचान हुनु भन्दा अगाडी नै सावधानी अपनाउदै सरकारले लकडाउन घोषणा गरेकोले अहिले सम्म कसैले ज्यान गुमाउन नपरेको विभिन्न स्वस्थ विज्ञहरु बताउछन् ।
नेपालमा अहिले सम्म ३,५२५ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ९ जनामा मात्र कोरोना भाइरस भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । संक्रमित ९ जना मध्य एक जना निको भएर पनि घर फर्कि सकेका छन् भने बाँकी ८ जनाको पनि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले बताउदै आएको छ । नेपालमा कोरोनाको कारण मृत्यू हुनेको संख्या अहिले सम्मको तथ्याङ्क अनुसार शून्य नै रहेको छ ।