कोरोना कहर, नेपालको अवस्था, समयको महत्व र उठेका प्रश्नहरु माथीको बिषयमा बिश्लेषण

भोलानाथ पौड्याल
फलेवास नगरपालिका–१, कार्कीनेटा, पर्वत ।
कलाखबर संवाददाता,२७,चैत्र–काठमाण्डौं । विश्व कोरोनाको महामारीले मानवीय र आर्थिक क्षतीको यूद्धसँग जुदिरहेको छ । विश्वका कतिपय राष्ट्रहरु घोषित रुपमा लकडाउनको अवस्थामा छन् भने केही राष्ट्रहरु सामाजिक दुरी कायम राख्ने भनेर लकडाउनमा गएका छैनन् । लकडाउनमा नजानुका पछाडी मुख्य दुई कारण छन्, जसमा एउटा कारण आर्थिक विकासको पक्ष मध्यनजर हो भने भने अर्को कारण अन्य राष्ट्रहरु सँग चुनौतीको आभास गराउनु ।
हुनत लकडाउनले अर्थिक वृद्धी मात्र नभई विकासको पक्षमा ठुलो असर गरेर देश पछाडी भने पक्का पर्छ तर आर्थिक पक्ष भन्दा पनी मानविय जोखीम न्यूनीकरण गर्नु पहिलो प्राथमिकता हो, फेरी चुनौतीको रुपमा हेर्ने हो भने सामाजिक दुरी कायम गर्ने भनेर शिक्षित राष्ट्रको रुपमा प्रस्तुत गर्नु त सकारात्मक देखिन्छ तर अन्य राष्ट्रलाई चुनौती दिंदा पक्का पनि कोरोनाको फैलावटमा बढवा दिनुनै हो र यसले भविष्यमा ठूलो असर गर्ने पक्का छ । हुनत दुबै फाइदा जनक छैनन् तर मानवीय क्षती न्यूनीकरण गर्नु पहिलो प्राथमिता रहेको कारण दुवै विकल्पलाई उचित प्रयोग गर्नु नै फाइदाजनक देखिन्छ ।
घरमै बसेर सहयोग गर्नु नेपालीको कर्तब्य हो । सरकारले गरेको लकडाउनमा सरकारको कुनै स्वार्थ छैन हरेक नेपालीको स्वास्थ्यलाई मध्यनजर गरेर लकडाउन गरीएको छ यदी यो नगरेको भए विश्वका केही राष्ट्रहरु जस्तो मानवीय क्षती हुने सम्भावना देखिन्छ । यसरि लकडाउन गर्दा केही आँफुलाई मानव अधिकार कर्मी भन्नेहरु मानवका अधिकारका कुरा गरेको पाइया,े यो मानव अधिकार हन्न भयो भन्नेहरु कित मानसिक समस्यामा ग्रसित यात सरकार बिरोधी नै भन्नु पर्ने हुन्छ, कुनै मानव अधिकार हनन् भएको छैन मानवहरुको स्वास्थ्यका लागि केही गुमाएर मानवको बाँच्न पाउने अधिकारको लागि विश्व लडिरहेको छ । कसैको स्वार्थका लागि लकडाउन गरेको हैन हरेक नागरिकको स्वास्थ्यको लागि गरीएको लकडाउन हरेक नागरिकले पालना गरेर सहयोग गर्नु आवस्यक देखिन्छ तर लकडाउनका नाममा शक्ति प्रयोग गरेर अमानवीय व्यवहार प्रस्तुत गर्नु हुँदैन भन्ने मान्यतामा सेवारत रहेका मानिसहरु मनन् गर्नुपर्छ, यदी गरेको छ भनेपनि त्यो मानब अधिकार हनन् हो भन्नेमा कसैको दुईमत हुँदैनहोला ।
नेपालमा निराशमय वातावरण सँगै अवसरहरुले मुना झिकिरहेका छन् । वास्तबमा समग्र विश्लेषण गरेर भन्ने हो भने नेपाली भाग्यमानी नै देखिन्छन्, छिमेकी राष्ट्र चीनमा सुरुवात भएको कोरोना विश्वका नेपाल सहित करीब दुई सय आठ भन्दा बढी राष्ट्रमा पुगिसकेको छ, जसमा आजसम्ममा सूचना बमोजिम विश्वमा हालसम्म करीब पन्ध्र लाख मानिसहरु कोरानावाट संक्रमित, करीब अठासी हजारको मृत्यू भएको छ भने तीन लाख भन्दा बढी उपचार पछी नीको भएको सञ्चार माध्यममा देख्न सकिन्छ ।
आ आफ्नो घरमै बसेर समयको सदुपयोग गर्नु नै अहिलेका लागि उचित रहेको छ । समय नहुनेलाई समय मिलेको छ, विद्यार्थीलाई पढ्ने समय मिलेको छ, घरवाट गर्न सकिने कार्यहरुको लागि समय मिलेको छ, परिवारका लागि समय मिलेको छ, यस्ता कोरोना कहर सँगै धेरै अवसरहरु मिलेका छन् जसको सदुपयोग गर्नेहरुले सकारात्मक रुपमा लिएका छन् भने नकारात्मक रुपमा लिनेहरु मानसिक समस्याको विषयमा चर्चा गरेको पाइन्छ । सकारात्मक कार्य गर्नका लागि र नकारात्मक कुराहरु मनबाट हटाउन, सकारात्मक विचारहरु मनमा राख्नुपर्छ । मनलाई खाली गराउनु हुँदैन त्यसैले सदैब मनमा सकारात्मक कुराले भरेर नकारात्मक कुराहरु बस्ने ठाँउ नै नदिनु उत्तम देखिन्छ । कोरोना कहर सँगसँगै समय सदुपयोग गर्ने अवसर मिलेको छ त्यसैले समयको अधिकतम प्रयोग गर्नसक्नु नै अहिलेको लागि फाइदाजनक छ ।
कोरोना सँग सम्बन्धी स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारका विषयमा कुराहरु उठेका छन् । विश्व दुखको कम्मल ओडेर बसिरहेको अवस्थामा कार्य सम्पादनमा केही कठीनाई हुनु स्वभाविक देखिन्छ यस्तो अवस्थामा खरिद निमावलीको बिशेष व्यसस्थालाई अधिकतम सदुपयोग गरेर खरिद प्रक्रिया गर्नु उचित देखिन्छ । हरेक निकाय जवाफदेही हुनु आवस्यक छ, साथै यथार्थ छानविनका लागि न्यायपालिका रहेको हुँदा वाहिर हो हल्ला गरेर कामगर्नेहरुमा निराशा उत्पन्न गर्ने गराउने कार्य गर्नु हुँदैन तर कानुन विपरित गरीएका जुनसुकै कार्यहरु दण्डनीय छन् जसलाई उचित दण्ड दिनुपर्छ अन्याथा भ्रष्टाचारले उग्र रुप लिने र संस्थागत रुपमा भ्रष्टाचार विकास हुनेछ ।