चाईनाको बुहान सहरमा लकडाउन हटयो,सबै देशबासी जनतामा छायो खुशी
कलाखबर संवाददाता,२७,चैत्र–काठमाण्डौं । कोरोना भाइरसको महामारी सुरु भएको करिब तीन महिना पछि चिनको लकडाउन हटाइएको छ । चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन झण्डै तीन महिनापछि हटाइएको बिबिसी न्यूसले जनाएको छ । सोमबार चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेपछि मंगलबार प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो।
तर मंगलबार फेरि २ छ जनाको कोरोनाको कारण ज्यान गएको वल्ड मिटर्सको तथ्याङ्कले देखाएको छ । गत जनवरीदेखि वुहान सहर पूर्णतया लकडाउनमा थियो । त्यहाँ महामारी नियन्त्रण आइसकेकोले लकडाउन खुकुलो पारिएको बताइएको छ । यससँगै यातायातका सबै साधनहरू पनि पुनः सञ्चालनमा आएका छन् ।
पहिलो पटक वुहानभित्र बन्दी अवस्थामा रहेका मानिसहरु अब अन्यत्र सहरमा जान सक्नेछन् । तर स्मार्टफोनमा व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा ‘हरियो’ कोड देखिएका हरूले मात्र यो सुविधान पाउनेछन् । १ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा गत जनवरी २३ देखि पूर्णतया सबैजसो व्यापार, व्यवसाय, यातायातका साधन बन्द गरिएको थियो ।
मानिसहरुलाई हिडडूल गर्न समेत बन्देज लगाइएको थियो । अब विस्तारै वुहान सहरको दैनिकी पुरानै लयमा फर्कन थालेको छ । अहिले चीनमा १ हजार १९० जनामा मात्र कोरोना भाइरसको संक्रमण हरेको पाइएको छ । चीनमा हालसम्म संक्रमितमध्ये ७७ हजार २७९ जना छ निको भइसकेका छन् भने ३ हजार ३३३ छ जनाको ज्यान गएको छ ।