अहिलेको आपतकालिन अवस्थामा डयूटीमा नआउने पाँच जना डाक्टर निलम्बन
कलाखबर संवाददाता,२६,चैत्र–काठमाण्डौं । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआउने पाँच जना डाक्टरलाई निलम्बन गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई मन्त्रीको ठाडोँ आदेशमा बर्खास्त गरिएको हो ।
अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा.बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा.सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो ।
अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर हुन नआएकोले सामाजिक विकास मन्त्री सुदर्शन बरालले तत्काल बर्खास्त गर्न निर्देशन दिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा. राजेन्द्र खनालले बताए ।