कोरोना रोकथामको लागि ३ अर्ब ५३ करोड रुपैयाँ विश्व बैंकले सहयोग दिने

कलाखबर संवाददाता,२६,चैत्र–काठमाण्डौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० नियन्त्रण तथा रोकथामको लागि विश्व बैंकले नेपाललाई २९ मिलियन डलर ९करिब ३ अर्ब ४८ करोड० रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्रदान गरेको छ । विश्व बैंकले आपतकालीन, महामारी पूर्वतयारी तथा योजनाअन्तर्गत उक्त रकम बराबरको ऋण सरकारलाई दिएको हो ।
साथै उक्त रकम द्रूत प्रक्रियाबाट सरकारले प्राप्त गर्ने जनाइएको छ । मंगलवार नै ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा विश्व बैङ्क र अर्थमन्त्रालय बीच द्विपक्षीय सम्झौता भएको हो । साथै नेपाललाई उक्त सम्झौतासँगै ऋण सहायता कार्यान्वयनमा समेत आएको विश्व बैङ्कले जनाएको छ ।
उक्त सम्झौतामा अर्थसचिव शिशिर ढुंगाना र नेपालका लागि विश्व बैङ्कका कन्ट्री म्यानेजर फारिस हदाद जेर्वोसले हस्ताक्षर गरेका हुन् । यस परियोजनाअन्तर्गत प्राप्त रकम को’रोना भाइरसवि’रुद्ध नेपालको क्षमता अभिवृद्धिमा प्रयोग हुने विश्व बैङ्कले जनाएको छ ।
गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । म’हामारीविरुद्ध लड्न विश्व बैङ्कले छोटो अवधिको तयारीकैबीच गरेको सहयोग प्रति अर्थसचिव शिशिरकुमार ढुंगानाले आभार व्यक्त गरेका छन् ।