Logo

आदीबासी जनजाती चलचित्र महासंघद्वारा सात प्रदेशका विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सामाग्री वितरण


कलाखबर संवाददाता,२५,चैत्र–काठमाण्डौं । आदीबासी जनजाती चलचित्र महासंघले नेपालका विभिन्न अस्पतालहरुलाई कोरियाली पिपिई सामाग्री हस्तानतरण गरेको छ । नेपाल आदीबासी जनजाती महासंघ कोरियाको सहयोगमा जनजाती चलचित्र महासंघमार्फत पिपिइ “personal protective equipment (PPE)”हस्तान्तरण गरिएको हो ।

सातवटा प्रदेशका विभिन्न अस्पतालहरु पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठान, बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान, सेती प्रादेशिक अस्पताल धनगढी, सुर्खेत प्रादेशिक अस्पताल, नेपाल आर्मी अस्पताल छाउनीलाई २०० वटा एएभ् हस्तान्तरण गरिएको छ । आदीबासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनावारको नेतृत्वमा सो सामाग्री हस्तानरण गरिएको हो ।

पिपिइ सामाग्रीले कोरोनाको बिरामीहरु उपचारमा सहज सहयोग पुगोस भनी नेपाल आदिवासी जनजाती महासंघ कोरियाले नेपाललाई सहस्तान्तरण गरिएको आदिबासी जनजाती चलचित्र महासंघका महासचिव पुर्खाजित राईले जानकारी दिनुभएको छ ।

नेपाल आर्मी छाउनी अस्पताललाई २० थान, १, नं प्रदेश बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानलाई १८ थान,२ नं प्रदेश प्रादेशिक अस्पताल जनकपुरलाई २० थान,३ नं प्रदेश कान्तिबाल अस्पताल र प्रसुती गृह सेचेन अस्पताल काठमाण्डौंलाई ६० थान,४ नं प्रदेश गण्डकी अस्पताल पोखरालाई २० थान, ५ नं प्रदेश लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई २० थान, ६ नं प्रदेश प्रादेशिक अस्पताल सुर्खेतलाई २० थान, र

७ नं प्रदेश सुदुर पश्चिम प्रादेशिक अस्पताल धनगढीलाई २० थान पिपिई हस्तान्तरण गरिएको हो । यो सामाग्रीले सबै प्रदेशका अस्पताल तथा कार्यरत स्वास्थ्यकर्मीहरुमा धेरथोर राहत मिल्ने बिश्वास रहेको अध्यक्ष अमृत सुनुवारले कलाबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्