फेरि कलडाउन लम्ब्याउने सरकारको अन्तिम तयारी,आकस्मिक मन्त्रीपरिषदको सोमबार अपरान्ह ४ बजे बैठक बस्दै
कलाखबर संवाददाता,२४,चैत्र–काठमाण्डौं । सरकारले फेरि कलडाउनको समय लम्ब्याउने तयारी गरेको छ । कुनै मिडियाले गत शनिबार नै एक हप्ता लकडाउन बढाइयो भन्ने आधिकारिकता नभएको झुटो समाचार प्रकारशन गरेका थिए ।
तर बढदै गएको बिरामी संख्या र संक्रमणको प्रभावलाई मध्यनजर गर्दै फेरि लकडाउन बढाउने भन्ने विषयमा आज अपरान्ह ४ बजे मन्त्री परिषदको आकस्मिक बैठक बोलाइएको छ ।
दुई दिनअघि कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित पुष्टि भएको तथा अझै पनि कोरोना फैलने सम्भावना हेको निष्कर्ष निकाल्दै सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको हो ।
स्रोतका अनुसार आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो । सो बैठकमा लकडाउनको समयावधि अब एक साता थप्नुपर्ने विषयमा कुराकानी भएको थियो ।
आज यसबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको छ । बैठकले लकडाउनको समय थप्नेबारे निर्णय गर्ने एक मन्त्रीले कलाखबरलाई बताए ।