युवा समाजसेवी तथा कलाकर्मी गोकुल रोक्काको अगुवाईमा लकडाउन उल्लंघन गर्नेलाई जनचेतनामुखी कार्बाही
कलाखबर संवाददाता,२३,चैत्र काठमाण्डौं । युवा सामाजसेवी तथा कलाकर्मी गोकुल रोक्काको नेतृत्वमा लकडाउनको १३ औ दिन नियम उल्लघंन गर्नेलाई आवश्यक कारबाही गरिएको छ । नियम उल्लंघन गर्दै जथाभाबी अनावश्यक रुपमा हिडनेलाई सुन्दरीजल स्थित जनचेतना मुलक कारबाही गरिएको हो ।
सडकमा माकस नलगाइ हिड्ने र बीना काम हिड्नेलाई सम्झाउने तथा नियम नमान्ने र जबरजस्ती गर्नेलाई प्रहरी सम्म पुरयाउने गरिएको गोकुल रोक्काले कलाखबरलाई जानकारी दिए । गोकर्णेश्वर नगरपालिका र टोल छिमेक सुधार समितिको संयुक्त पहलमा जनचेतना मुलक अभियान चलाएको पनि रोक्काले बताए ।
कोरोनाबाट कसरी बच्ने ? लकडाउनमा के कसरी सावधानी अपनाउने ? यस विषयमा जानकारी गराउदै सम्झाएर बाटोमा हिड्ने यात्रीलाई घर पठाइएको उहाँले जानकारी दिए । अहिले सिङ्गो देश नै बिक्षिप्त तथा त्रास बन्दै गईरहेको अवस्थामा सरकारले पनि थप कडाइ गरेको छ । बीना पास र बीना जाँच कोही पनि अहिले सडकमा हिडन पाउदैन ।