Logo

रक्तदान कार्यक्रम सम्पन्न


कलाखबर संवाददाता,२३ चैत्र–काठमाण्डौं । नोबेल साकोस साहित्य संस्थाले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोरोना भाइरस महामारीको कारण देशमा भइरहेको लकडाउनले  अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगतको चरम अभाव लाई मध्यनजर गरि कार्यक्रम गरिएको हो ।

आइतवार संस्थाकै केन्द्रिय कार्यालय का.म.पा.–२९ घट्टेकुलोमा आयोजित कार्यक्रममा प्राज्ञ उषा ठाकुर तथा पूर्व राजदुत तथा निर्वाचन आयुक्त डा. रामभक्त ठाकुरको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन साकोसका अध्यक्ष सरस्वती गौतम गरेकी थिइन् ।  कार्यक्रमलाई  नेपाल रेडक्रस सोसाइटी भक्तपुर, ब्लोदान काठमाण्डौ तथा डोर टु डोर रक्त संकलनले प्राविधिक सहयोग गरेको थिए । रक्त संकलन कार्यमा स्थानिय टोलवासी २१  रक्तदाताले रक्तदान गरेर जीवनदान गर्नु भएको  थियो ।

प्रतिक्रिया दिनुहोस्