आफूले आफैलाई भुली कहाँ ,हराएको देख्ने मान्छे म

रचना ः– नैन सेटाल्चु जेरुङ
कलाखबर संवाददाता,२३,चैत्र–काठमाण्डौं
आफूले आफैलाई भुली कहाँ ,हराएको देख्ने मान्छे म ।
परिवार र आफन्त सबैसबैलाई बिर्सिएको देख्ने मान्छे म ।।
अनगिन्ती कार्यका तातीहरु थन्किएर असफल देख्ने मान्छे म ।
समाजका बुज्रक सामाजिक दाहित्वमा असमर्पित देख्ने मान्छे म ।।
लोभि,क्रोधि, हुत्कारी समाजको एक्लो लाटोकोसेरो देख्ने मान्छे म ।
बैरीले बोकेको गुलेलीको मट्याङग्रा नसोचेको देख्ने मान्छे म ।।
आँकाश जस्तै फराकिलो सबै समाजलाई दर्पण देख्ने मान्छे म ।
विशाल संसार टुक्रिएर ध्वाँज परेको सपना देख्ने मान्छे म ।।
शानमान, धन र शक्तिमा फुरिएका प्राणीहरु देख्ने मान्छे म ।
बल,खल, हुल र धम्कीमा उम्रिएका जठ्ठाहरु देख्ने मान्छे म ।।
२०७२ को भुकम्प र आजको कोरोनासंग हराएको देख्ने मान्छे म ।
धर्म, राजनीति, मानवसेवामा सप्रिने फलफलाउने देख्ने मान्छे म ।।
विश्व महामारी चपेटामा सुनसान कोलाहल देख्ने मान्छे म ।
विज्ञान, शक्ति, धर्म र धनको राग हराएको देख्ने मान्छे म ।।
संकत आगमनमा लुटीलुटी कुमह्ल्याउनेको साङलो देख्ने मान्छे म ।
निच्च र उच्च तहलाई समथर बनाउने कोरोना देख्ने मान्छे म ।।
शक्तिको उन्मात रागले क्षेपेस्त्र बर्षाउने मुडहरु देख्ने मान्छे म ।
बलवानले निम्झोलाई चरम निसानी भित्र मानव देख्ने मान्छे म ।।
एउटै धर्तीलाई अंशबन्दाका युद्ध बुन्ने महान सपुत देख्ने मान्छे म ।
सिमाना, क्षेपेस्त्र, शक्ती र विज्ञानले सुष्मजिवाणु नछेकेको देख्ने मान्छे म ।।
अनि..अनि..
कोभिड १९ ले सिमाना रहित संसारलाई प्रमाणीत पारेको देख्ने मान्छे म ।
अस्थाई पाहुना हो, जिवन जन्म,कर्म र मृत्यु पछि मट्टि धुँवां देख्ने मान्छे म ।।
सुकिलो मुकिलोको ताजुक होडबाजीमा सोकल पुस्ता हराएको देख्ने मान्छे म ।
आधुनिकबादमा गगणचुम्बी कुटी भित्रभित्र कोरोनाको क्रन्दन देख्ने मान्छे म ।।