नेताजीलाई प्रश्न
राजन प्रसाद न्यौपाने( श्रीयम)
कलाखबर संवाददाता,२२,चैत्र –काठमाण्डौं ।
थन्काउनु भो, राजतन्त्र
ल्याउनु भो, गणतन्त्र
बनाउनु भो, नयाँ संविधान
स्वीकार्नु भो, विदेशी हस्तक्षेप
खै कसरी गर्नु भो, ?
प्रेस स्वतन्त्रतालाई आत्मसाथ
सत्य लेख्नेहरूलाई पाखा लाउनु भो
नागरिक हक अधिकारलाई
निजि धोती बनाउनु भो
न त भयो, मानव अधिकारको संरक्षण ?
न त भयो, संस्कार संस्कृतिको सम्बर्द्धन ?
जनादेश पाउनु भा,कै थियो
पालना कति भयो ?
सत्ता लिप्सा अपार थियो
कस्तो के के त्याग गर्नुभयो ?
उपेक्षीत समुदायको हित कति गर्नुभयो
वर्ग विभेदलाई अन्त गर्न कहाँ योगदान गर्नुभयो ?
जनता भन्दैछन् मात्र राष्ट्र ढुकुटी
आफ्ना लागि सदुपयोग गर्नु भयो।
खै, कसरी जनताको मन जित्नु भयो ?
धाँदली भएकै थिएन रे ,खै ,चुनाव पो कसरी जित्नुभयो ?
पार्टीको घोषणा पत्र थिएन कि वा कार्यान्वयन कति गर्नुभयो ?
गाउँबाटै भोट पाउनु भयो
आशा गर्नेहरूबाटै नेता चुनिनु भयो
ए नेता जि भन्नुस् न,चुनाव जितेपछि
कति पटक गाउँ जानुभयो ?
आशाको दियो निभाउनु भयो कि,बाल्नुभयो ?
आफन्तवादलाई कति अन्त्य गर्नुभयो ?
भ्रष्टचारलाई कति संस्थागत पार्नुभयो ?
जनता जान्न चाहन्छन् ।
यो मानवीय बिपतिको बेलामा समेत
कति भ्रष्टाचार गर्नु भयो ?
समय वलवान छ,
कतिको बुझ्नु भयो ?
जनता र देशको लागि,
खाएको सपथ किन भुल्नुभयो ?
गल्तीको आत्मालोचना
किन गर्नुहुन्न तपाईँ ?
प्रलोभनलाई बहिष्कार
किन गर्दै गर्नुहुन्न तपाईँ ?
दण्डहिनता कति बढाउनु भो कुन्नी !
जनतालाई राहतको प्याकेज त
भाषण त होनी !
भ्रष्टचारीलाई किरा परोस् भने पनि
जाबो नारा त होनी !
देशलाई आत्मनिर्भर
नबनाएर के भो र ?
जनआवाज र विरोधका स्वर
बन्द भा कै पो छ र !
देशलाई विखन्डनबाट जोगाउनै
भा को हो संघियताको नाममा
सयौँ राजा पाल्ने नव नेपाल बनाकै हो।
यही हो नयाँ समृदशाली नेपाल हाम्रो
परिवर्तन त विस्तारै होला नी विकासको !
मात्र एउटा प्रश्न मान्यबर तपाईलाई
नेता जी १के तपाईँ सही मान्छे बन्नु भो ?