Logo

फेरि एक जनामा कोेरोनामा भाइरस भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि


कलाखबर संवाददाता ,२०,चैत्र–काठमाण्डौं । नेपालमा फेरि एक जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ । अब नेपालमा कोरोना भाइरसको संख्या ६ पुगेका छन । बिहीवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले छैटौँ नेपालीमा सङ्क्रमण देखा परेको बताएका हुन्।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड(१९ पोजिटिभ देखिएको बताए। दोहाबाट काठमान्डौ आएको त्तच् टछद्द उडानमा आएका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको प्रवक्ता डा। विकास देवकोटाले बताए । उनीसँगै कतारको एउटै उडानबाट आएका तीन यात्रुमा पनि कोरोना संक्रमण देखिएको छ ।

यसअघि फ्रान्सबाट दोहाहुदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट सोही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो। यसअघि दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो।

उनको अहिले पनि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। त्यसअघि कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्