Logo

नेपाल सरकारले खडा गरेको आपतकालिन कोषमा हिमानी शाह कोषद्वारा २ करोड सहयोग गर्ने घोषणा


कलाखबर संवाददाता,१८,चैत्र–काठमाण्डौं । कोरोनाभाइरस (कोभिड १९) को रोकथामका लागि नेपाल सरकारले खडा गरेको आपतकालिन कोषमा हिमानी शाह कोषले २ करोड सहयोग गर्ने भएको छ ।

कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार लागि सो कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै बताएका हुन् ।

दुःख कष्ट र आपत विपदको घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्व राजा शाहले मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति संवदेनशील हुँदै सबैले आ–आफ्ना ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउन अनिवार्य भइरहेको बताएका छन् ।

उनले लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको बताउँदै यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि स्पष्ट पारेका छन् । विज्ञप्तिमा शाहले संकटमा आफा्नो ज्यानको प्रवाह नगरी अहोरोत्र सेवामा खटिने सबैप्रति आभार पनि प्रकट गरेका छन् ।

पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्