Logo

स्वास्थ्य सामाग्री किन महँगोमा ल्याएको भन्दै ऋषि धमलाको थर्कमान, स्वास्थ्यसेवा विभागका महानिर्देशक डा श्रेष्ठ अक्क न मक्क


कलाखबर संवाददाता,१८,चैत्र–काठमाण्डौं । यतिखेर स्वास्थ्य मन्त्रालयले खरिद गरेको स्वास्थ्य सामाग्रीको विषयमा चर्को आलोचना भइरहेको छ । बजारको मूल्य भन्दा दोब्बर गुणा महँगोमा सामाना ल्याएको,स्वास्थ्य मन्त्रीले टेण्डरको कुरा नै नसुनी आफ्नो मनोमानी ठेक्दारलाई सामान खरिद गर्न दिएको तथा आर्थिक चलखेल घोटाला भएको जस्ता अनेक कुराहरु सामाजिक सञ्जालमा छाइरहेको छ । यस विषमा जनताको गुनासो मेटाउन पत्रकार ऋषि धमलाले जनता जान्न चाहान्छन कार्यक्रममा स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. महेन्द्र कुमार श्रेष्ठसँग कडा बहस गरेको छ ।

प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलाले किन जनताको धार सेकने गरि महँगोमा सामान ल्याएको भनेर प्रश्न गरेका थिए । डा. श्रेष्ठले सामान नापाए पछि मैले के गर्नु ? सामान धेरै महँगो भएको छैन । कुनै सामान बजारको मूल्य भन्दा सस्तोमा आएको छ भने कुनैमा २० प्रतिशतले मात्र महँगो भएको छ भनेर टालटुले जवाफ दिएका दिए । धमलाले सामानको लिस्ट समेत डा. श्रेष्ठको हातमा थम्याए पछि भने उनी अक्क न मक्क परेका थिए ।

डा. श्रेष्ठले धमलासँग कुरा गर्दै उनले चीनबाट अहिले पिपिई, रिएजेन्ट, पिसिआर, ग्लभ्स, एन ९५ मास्क आएको पनि सुनाए । महानिर्देशक श्रेष्ठले स्वास्थ्य सामाग्री खरिदको लागि आफूहरुले टेण्डर गरेको सुनाउँदै भने,”उहाँहरु सस्तोमा दिन्छु भनेर आउनुभयो । हामीले पनि ल दिनुस त भन्यौं र उहाँहरुले ल्याईदिनुभयो । फेरि टेण्डर गर्यौं, उहाँले अहिले ल्याउन सक्दैनौं भन्नुभयो । हामीले तपाईहरुको लागि जहाज पठाउँछौं ।

जापान, सिंगापुर, थाईल्याण्ड कहाँ पठाउनुपर्यो हामी जहाज पठाउँछौं भन्यौं । तपाईहरुले ३० टन सामान बनाईदिनुहोस । हामीले प्लेन पठाउँछौं भनेका थियौं । मैले मुख्यसचिव, गृहसचिव, पर्यटनसचिवकहाँ लगेर उहाँहरुलाई भेटाएँ । सविचज्यूहरुले पनि ल ठिक छ, तपाईहरुलाई आवश्यक रैछ, प्लेन जान्छ । सामान जम्मा गर्नुहोस भन्नुभयो । उहाँहरुले सामान जम्मा गर्नुभएन । फेरि हामीले सुचना जारी गर्यौं । कसले ल्याउन सक्छ भन्यौं ? दुई वटा ग्रुपले हामीले ल्याउन सक्छौं भने ।

उहाँहरुले डकुमेन्ट पेश गर्नुभयो । वार्ताको आधारमा यो अलिकति महँगो भयो । तपाईले भनेजस्तो महँगो होईन, २० प्रतिशतजति महँगो छ । पत्रकार ऋषि धमलाले यसमा त आर्थिक चलखेल पनि ठूलो रुपमा भएको छ भन्ने सुनिन्छ नी ? भनेर प्रश्न सोध्दा डा श्रे्रष्ठले कुनै चलखेल नभएको जवाफ दिएका थिए । कुनै घुस खाएको, आर्थिक चलखेल भएको तथा भ्रष्टचार मात्र भएको ठोस प्रमाण पाएमा आफू झुण्डिने तर्क दिएका थिए ।

साथै उनले माफियाहरुले भ्रम फैलाएर काम गर्न नदिएको पनि बताए । डा. श्रेष्ठले एक लाख पिपिई ल्याउने भनेर सम्झौता गरिएकोमा अहिले जम्मा दश हजारमात्रै आएको बताउँदै अझै ९० हजार पिपिई आवश्यक रहेको स्पष्ट पारे । पिपिईको कुरा गर्दा पर मुल्य १९१९ रुपैयाँउ रहेको पनि उनले जानकारी दिए । उनले भने, “हामीले किनेको पिपिईको मुल्य १९१९ रुपैयाँ छ ।

सिचुवान प्रान्तले किनेको मुल्य २१ सय रुपैयाँ छ । धमलाले तर महँगोमा सामान ल्याएर तपाईहरुले ठूलो गल्ति गर्नुभयो भनेर फेरि प्रश्न गर्दा डा.श्रेष्ठले कसैले सस्तोमा सामान दिन्छु भनेर आयो भने पहिलेको सम्झौता तत्कालै तोडिदिन्छु भनेका थिए । बाँकी कुरा भिडियोमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्