अफवाह फैलाउदै भ्रमात्मक समाचार छाप्ने १७ अलाइन बन्द, ३६ वटालाई स्पष्टीकरण ( नाम र विवरण सहित )

कलाखबर संवाददाता,१८,चैत्र–काठमाण्डौं । प्रेस काउनसील नेपालले विना तथ्य र आधारबीहिन भ्रमात्मक समाचार लेख्ने मिडिया अनलाइनलाई कार्बाही गरेको छ । जथाभावी समाचारको शीर्षक राखेर जनतालाई कोरोनाको त्रास फैलाउने दर्ता भएका ३६ वटा अनलाइनलाई पहिलो चरण अन्र्तगत स्पष्टीकारण सोधिएको छ ।
बिना दर्ता अनाधिकृत रुपमा चलाएका १७ वटा अनलाइनलाई भने देशका कुनै पनि ठाउँमा नचल्ने गरी ब्लोक गरिएको पे्रस काउनसीलले विज्ञप्ती मार्फत जनाएको छ । पटक पटक सचेत गर्दा पनि पत्रकार आचार संहिता विपरीत कथा बुनेर अनुमानका आधारमा कपोल्कल्पित, र समाजलाई आतंकित,उतेजित बनाउने खालका समाचार प्रवाह गर्ने अनलाइनलाई कार्वाही गरिएको प्रेस काउनसीलले जनाएको छ ।
प्रेस काउनसील नेपालले विना तथ्य र आधारहीन समाचार सामाग्रीहरु प्रकाशन नर्गन र समाचार स्रोत मिति खुलाएर सत्यतथ्यमा आधारित समाचार मात्र प्रकाशान गर्न केही समयदेखि नै सूचना जारी गर्दै आएको थियो । तर त्यो सूचनाको अवज्ञा गर्ने अनलाइनलाई बाध्यतावश कार्वाही गरेको हो । कार्वाहीमा परेका अनलाइनहरु र ती सञ्चार माध्यमहरुले छापेको शीर्षक तथा समाचार सामाग्रीहरु तल उल्लेख गरिएको छ ।