रिपोर्टस क्लब नेपालले आफ्नो २२ औ वार्षिकोत्सव नमनाउने घोषणा, गर्दै पत्रकार ऋषि धमलाले आपतकालिन यो अवस्थामा खटिने सञ्चारकर्मीहरुलाई धन्यबाद दिए

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको आफ्नो वार्षिकोत्सव नमनाउने घोषणा गरेको छ । आज चैत्र १७ गते क्लबको २२औं वार्षिकोत्सव हो । तर, क्लबका सभापति ऋषि धमलाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाएकोले सरकारको उक्त आदेशको पूर्ण पालना गर्दै यो वर्षको आफ्नो वार्षिकोत्सव नमनाउने निर्णय भएको जनाएका छन् । आज सोमबार क्लबको केन्द्रीय कार्यालय, भृकुटीमण्डपबाट एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।
विश्वभरि महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) को रोकथाम नियन्त्रणको लागि अहिले नेपाल सरकारले यही चैत्र १५ गते राति १२ बजेसम्म लकडाउन लगाएको छ । सरकारको यो आदेशलाई हामीले पूर्ण समर्थन र साथ दिँदै क्लबको यो वर्षको २२औं वार्षिकोत्सव नमनाउने घोषणा गर्दछौं । क्लबको विगतदेखि वर्तमानसम्म सबै जानकार हुनुहुन्छ ।
रिपोर्टर्स क्लब नेपालको २०५४ साल चैत्र १७ गते नेपाल कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईले समुद्घाटन गर्नुभएको हो । स्थापना कालदेखि आज २२ औं वर्षमा आईपुग्दा हामीले निकै चूनौति, अप्ठ्यारा, आरोह र अवरोह भोगेका छौं । चूनौतिका साथै, भविष्यमा गन्तव्यमा पुग्नको लागि पनि हामीले निकै सफलता हाँसिल गरेका छौं ।
यहाँहरु सबैलाई थाहा छ, रिपोर्टर्स क्लब नेपाल भनेको देशभरिका पत्रकारहरुको सञ्जाल हो । क्लब भनेको श्रमजिवी पत्रकारहरुको साझा संस्था हो । रिपोर्टरहरुको साझा संस्था हो । मुलुकमा लोकतन्त्र ल्याउनको लागि, विधिको शासन, कानूनी राज्यमा मुलुकलाई अघि बढाउनको लागि पनि क्लबले अहम भूमिका निर्वाह गरेको कुरा जगजाहेर छ ।
हामीले प्रेस स्वतन्त्रताको सवालमा कहिल्यैपनि र कसैसँगपनि सम्झौता गरेका छैनौं । मुलुकमा तत्कालिन अवस्थामा विद्यमान दश वर्षे सशस्त्र द्धन्द्धको अन्त्य र शान्ति स्थापनाको लागि पनि हामीले वार्ताको आह्वान गर्दै भूमिका खेलेका थियौं । त्यतिवेला पनि हामीले क्लबका बहस गरिरह्यौं । क्लबले राज्य र विद्रोही दुवै पक्षलाई वार्ताको लागि दबाब दिएको थियो ।
तपाईहरु अविलम्ब वार्तामा बस्नुहोस भनेर हामीले झक्झकाएका थियौं । र, मुलुक वार्ताको माध्यमबाट अघि बढ्यो । १२ बुँदे सम्झौता भयो । विस्तृत शान्ति सम्झौता भएको ईतिहासलाई पनि म यहाँ कोट्याउन चाहन्न् । हामीले मुलुकमा दिगो शान्तिको लागि महत्वपूर्ण पहलकदमी लियो । विभिन्न तह र तप्काका व्यक्तिहरु, खासगरी दलका नेताहरुलाई एकै ठाउँमा राखेर बहस सुरु गर्यौं ।
तपाईहरु सबैलाई थाहा छ, आजपनि म सम्झन चाहन्छु । रिपोर्टर्स क्लब नेपालले पाँचौं वार्षिकोत्सव हामीले २०५९ सालमा मनाईरहँदाखेरि बिआईसिसीमा । त्यही भवनबाट संविधान जारी भयो । आज त्यो भवनमा संघीय संसद छ । अहिले जनप्रतिनिधिहरु त्यही भवनमा बहस गरिरहनुभएको छ । त्यो भवनमा हामीले पाँचौं वार्षिकोत्सव मनाएका थियौं ।
त्यो वार्षिकोत्सवमा हामीले राज्यको तर्फबाट तत्कालिन् प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र विद्रोहीको तर्फबाट जनसरकार प्रमुख डा। बाबुराम भट्टराईलाई एकै ठाउँमा राखेर हामीले बहस गरेका थियौं । त्यतिखेर शीर्ष नेताहरु माधवकुमार नेपाल, गिरिजा प्रसाद कोइराला, सुशिल कोइराला, वामदेव गौतमलगायतका सबै नेताहरुलाई हामीले एकै ठाउँ राखेका थियौं । ईतिहास साक्षी छ ।
हामीले द्धन्द्धको बेलामा पनि गणतन्त्रको लागि, लोकतन्त्रको लागि र अहिलेको परिवर्तनको पक्षमा हामीले मुलुकलाई अघि बढाउनको लागि, मुलुकमा सहमति, सहकार्य र एकताको लागि पनि सबै शक्ति मिल्नुपर्छ भनेर त्यतिखेर खेलेको भूमिका तपाईहरुसामू छर्लंगै छ । म व्याख्या र विश्लेषण गर्न चाहन्न ।
हाम्रो देशमा २०६२, ०६३ सालको जनआन्दोलनको कुरा गर्दाखेरि त्यतिवेला पनि क्लबले खेलेको भूमिका सबै नेपालीहरुकोसामू छ । र, क्लबले त्यतिवेला निरंकुशताको विरुद्धमा आफूलाई सशक्त रुपमा उभ्याएको थियो । हामी सडकमा प्रभावकारी रुपमा उभिएका थियौं । जनताको एजेण्डा बोकेर हामी लागिपरेका थियौं ।
जनतामा सूचना प्रवाह गर्न हामीले त्यतिवेला खेलेको भूमिकाबारे पनि सबै जानकार नै हुनुहुन्छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गते कु गरिसकेपछिको अवस्थामा रिपोर्टर्स क्लब नेपालले माघ २१ गते क्लबको केन्द्रिय कार्यालय पुतलीसडकमा साक्षात्कार गरेको थियो । त्यतिवेला बहसको लागि भीम रावल, सिपी मैनाली र नारायण खड्का आउनुभएको थियो ।
देशमा त्यतिवेला कर्फयु थियो । सबै मिडिया हाउसमा सेनाको उपस्थिति थियो । तर, पनि रिपोर्टर्स क्लब नेपालले जनताको पक्षमा, स्वतन्त्रताको पक्षमा, विधिको शासनको पक्षमा र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याईरह्यो । क्लब हरेक समयमा चूनौतिहरु पार गर्दै अघि बढिरह्यो । निरंकुशताको विरुद्धमा लड्दै लड्दै हामीले सडकमा नै साक्षात्कार गर्यौं ।
जतिबेला कर्फयु लागेको थियो । कांग्रेस नेता नरहरि आाचार्यलाई थाहा छ । उहाँले त्यतिवेला भन्नुभएको थियो, हामी क्लबको हलमा कार्यक्रम नगर्ने ऋषिजी, सडकमा गर्ने भन्नुभयो । बैशाख ८ गते हामीले कफर्यु लागेको बेलामा सडकमै कार्यक्रम गर्यौं । क्लबले गणतन्त्रको पक्षमा धेरै नेताहरु बोलाएर बहस गरायो ।
नागरिक समाजलाई बोलायो । म अहिलेपनि सम्झन चाहन्छु पद्यमरत्न तुलाधरलाई । त्यतिवेला गणतन्त्रको पक्षमा कसले बोल्ने रु भन्नेबारे होडबाजी थियो । उहाँले म बोल्छु भन्नुभयो । ईतिहास साक्षी छ । क्लबलाई आज यो ठाउँमा पुर्याउनको लागि किसुनजीको महत्वपूर्ण भूमिका छ ।