प्रहरीको ज्यादती विरुद्ध छानविन सुरु,
कलाखबर संवाददाता,१७,चैत्र–काठमाण्डौं । ग्यास खोज्न गएका सर्ब साधारणलाई सिलिन्डिर बोकाएर प्रहरीले सजाए दिएको छ । सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरीले सडकमा सिलिण्डर बोकाएर बसाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यसपछि के उद्देश्यले सिलिण्डर बोकाइए भन्ने विषयमा छानविन थालिएको हो ।