सिंहदरबार प्रवेशमा कडाइ,मन्त्री,सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई समेत स्वास्थ्य यन्त्रद्वारा ज्वँरो मापन गरिने (फोटो फिचर सहित)

कलाखबर संवाददाता,१६,चैत्र–काठमाण्डौं । सिंहदरबार प्रवेशमा सरकारले कडाइ गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाउन सरकारले कडाइ गरेको हो । आधुनिक ज्वँरो मापन यन्त्रबाट स्वास्थ्य परिक्षण गरेर मात्र मन्त्री,सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई सिंहदरबार प्रवेश गराइने भएको छ ।
अत्यावश्यक कामबाहेकका मानिसहरुलाई घरबाट निस्किन दिएको छैन् । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा नियमितजस्तो कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । आजपनि समितिको बैठक बसेको थियो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको थियो ।
बैठकमा प्रवेश गर्नुअघि सबै मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरुको ज्वरो नापिएको थियो भने उनीहरुलाई स्यानिटाईजरको प्रयोग गराईएको थियो । यता, सिंहदरबार प्रवेश गर्ने पत्रकार तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई समेत प्रवेशद्धारमा ज्वरो नापिएको थियो ।