Logo

मन्त्रीपरिषदको आकस्मिक बैठक सक्यो,आठ दिन लकडाउन थप्ने सरकारको निर्णय


कलाखबर संवाददाता,१६,चैत्र–काठमाण्डौं । आकस्मिक बसेको मन्त्री परिषदको बैठकले दुई साता लम्ब्याउने भनिएको लकडाउन आठ दिनका लागि थप्ने निर्णय गरेको छ । आईबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेके मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।

त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ । कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि २६ चैत्रसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरिसकेको छ । सरकारले ल्याउने भनिएको राहत प्याकेजबारे समेत बैठकमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्