Logo

आज मन्त्री परिषदको बैठक बस्दै,फेरि लकडाउन दुई साता बढाउने सरकारको तयारी


कलाखबर संवाददाता,१६,चैत्र–काठमाण्डौं । चैत्र ११ गतेबाट सरकारले देशभर सुरु गरेको लकडाउन भोली सोम्बार सकिदैछ । यो लकडाउनको अवधी भर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण हुने कुनै संकेत नदेखिएकोले फेरि सरकारले थप दुई साता लकडानउ थप्ने तयारी गरेको छ ।

आज साँझ ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले थप दुई हप्ताको लागि लकडाउन अवधि बढाउ सक्ने उच्च स्रोतले जनाएको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार यही चैत्र १८ गतेसम्मको लकडाउन दुई साता बढाउने तयारी छ । एक मन्त्रीले भने,”सरकारसँग लकडाउन लम्ब्याउनुको अर्को विकल्प छैन् ।

नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ । एक जना निको भएर घर फर्किएका छन् भने बाँकी चार जनाको उपचार भैरहेको छ । एक जनामा हिजोमात्रै संक्रमण भएको रिपोर्ट आएको थियो । नेपालमा विदेशबाट आउनेमा कोरोना देखिएकोले सरकारले उच्च सतर्कता अपनाएको छ ।

यसअघिपनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि गठन भएको उच्चस्तरीय समन्वय समितिमा यस बारेमा छलफल भएको थियो । समितिका संयोजक ईश्वर पोखरेलले समेत लकडाउन अवधि बढ्न सक्ने कुरा पत्रकार ऋषि धमलासँग बताएका थिए ।

उनले सामाजिक दूरी कायम गर्नु नै उत्तम हुने सुझाउँदै लकडाउनको आदेश कार्यान्वयनमा सरकार कठोर भएर प्रस्तुत भएको समेत स्पष्ट पारेका थिए । आजको बैठकमा गाउँ फर्कनेहरुका लागि एक दिन यातायात पनि खुलाउने कि भन्ने विषयमा छलफल हुन सक्ने समेत एक उच्च अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्