Logo

आज एक दर्जन आन्तरिक हवाई उडान खुलाइयो, देशका भिविन्न स्थानमा अलपत्र परेका पर्यटक तथा ट्रेकिङ गाइडहरुको उद्धार


कलाखबर संवाददाता,१६,चैत्र–काठमाण्डौं । देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटक तथा गाइडहरुको उद्धारका लागि आज एक दर्जन हवाइ उडान खुल्ला गरिएको छ । नेपाल पर्यटन बोर्डको अनुरोधमा टुरिष्ट गाइड, ट्रेकिङ कम्पनीका सञ्चालक तथा कर्मचारी लगायतका नेपालीहरुलाई उद्दार गरिएको हो । तारा एअरले आइतबार लुक्लाबाट ३० जना पर्यटक र २८ जना टेकिङ गाइडहरुको उद्दार गरेको छ ।

कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पर्यटकहरु लुक्लामा अलपत्र परेका अमेरिकन र बेलायती नागरिकहरुलाई यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले उनीहरुको उद्दार गरी आज काठमाडौं ल्याएको हो । ‘रिलिफ फ्लाइट’ सञ्चालन गरिएको आज चौथों दिन हो ।

शनिवार दिउँसो १५ जना अमेरिकन नागरिकलाई लुक्लाबाट उद्दार गर्न तारा एअरको विमान तयारी अवस्थामा रहेपनि खराव मौषमका कारण रद्द भएकोले सो उडान आज विहान ७ बजेको लागि सारिएको थियो । यसअघि, यती एयरलाइन्सले शुक्रवार र शनिवार गरी पोखराबाट ६० जना पर्यटकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो ।

साथै, तारा एअरले चैत १३, १४ र १५ गते गरी लुक्लाबाट जम्मा ८१ जना पर्यटकहरुलाई उद्दार गरिसकेको छ । लकडाउनपश्चात् अलपत्र परेका पर्यटकहरुको उद्दारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एअरलाइन्सले जहाज पठाइरहेको छ । त्यस्तै गरि बाँकी पर्यटकहरुको उद्धारका लागि पोखरामा पनि उडान भई रहेको हवाई उडान प्राविधिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्