Breking Newsऔषधि र आवश्यक मेडिकल सामग्री लिएर गएको नेपाल एयरलाइन्सको विमान दुर्घटना,

कलाखबर संवाददाता,१५,चैत्र–काठमाण्डौं । कारोना भाइरस रोकथामका लागि औषधि र आवश्यक मेडिकल सामग्री लिएर गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जको राँझा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।
विहान ११ बजेर ३२ मिनट जाँदा राँझा विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना हुन पुगेको हो । विमानस्थलको खाली चउरसम्म विमान पुगेको थियो ।
तर, विमानमा रहेका सबै ५ जना सकुशल रहेको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ । नेपाल एयरलाइन्सको अल्फा एकेभी वाई टु कलसाईन भएको विमान दुर्घटनामा परेको हो ।
विमानमा सामान्य क्षति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले अब कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जाने बताए । विमान दुर्घटनाबारे थप जानकारी भने आउन बाँकी रहेको छ ।