Logo

नेपालका विभिन्न ठाँउमा अल्पत्र परेका पर्यटकहरुको उदार कार्य सुरु,कतारबाट दुई विमान आउदै


कलाखबर संवाददाता,१५,चैत्र–काठमाण्डौं । लकडाउनका कारण देशका विभिन्न स्थानहरुमा अलपत्रमा परेका पर्यटकहरुको उद्दारकार्य सुरु गरिएको छ । पर्यटकलाई लिन कतारबाट दुईवटा विमान नेपाल आउने भएको छ । त्यो भन्दा अगाडी नेपालका विभिन्न जिल्लामा अल्पत्र अवस्थामा रहेका पर्यटनहरुलाई विमान चार्टर गरेर त्रिभुवन विमान स्थलमा ल्याउने तयारी भइरहेको छ ।

पर्यटकलाई काठमाडौं ल्याउन नेपाल एयरलाइन्सको ट्वीनअर्टर विमानले सोलुखुम्बुको लुक्लामा शनिबार पाँच उडान गर्ने तयारी गरेको छ । पर्यटक लिन दुई वटा ट्वीनअर्टर जहाज शनिबार विहानै लुक्ला पुगिसकेका छन् । पर्यटकको उद्दारका लागि तारा एयरले पनि लुक्लाबाट तीन र समिट एयरले एउटा उडान भर्नेछ ।

पोखराबाट पनि शनिबार तीनवटा उडान हुदैछ । नेपालमा रोकिएका पर्यटक लिन जर्मनी र फ्रान्सले शनिबार कतार एयरलाइन्सका दुई विमान नेपाल पठाउँदैछ । करिब ३५० जना जर्मन पर्यटक लिन कतारबाट विमान आउने तय भएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

फ्रान्सेली पर्यटक लिन आइतबार कतार एयरलाइन्सकै विमान काठमाडौं आउने स्रोतको भनाइ छ । विचल्लित अवस्थामा रहेका पर्यटकहरुलाई केही होटल व्यावसायी र स्थानीय सरकारको पहलमा निशुल्क नेपाली खाना खुवाउदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्