देशका विभिन्न ठाउँमा लगडाउन उल्लंघन गर्नेलाई प्रहरीद्वारा लाठीचार्च (भिडियो सहित )

कलाखबर संवाददाता,१२,चैत्र–काठमाण्डौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लगडाउनको दोस्रो दिन नियम उल्लंघन गर्नेलाई प्रहरीले विभिन्न कारबार्ही गरेको छ । कारबार्ही स्वरुप प्रहरी देशका विभिन्न ठाउँमा लठ्ठ बर्षाउनुका साथै विभिन्न सवारी साधनहरु ठूलो संख्यामा नियन्त्रणमा लिएका छन् ।
अनावश्यक रुपमा सडकमा हिड्ने यात्रुमाथी प्रहरीले लाठ्ठी चार्ज गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि अहिले विभिन्न टिक्काटिप्पणी आउन थालेका छन् । अधिकांशले प्रहरीको यो कदमलाई सर्मथन गर्दै जनतालाई भेडाको संज्ञा दिएका छन् । तर थोरै संख्याले भने प्रहरीको सम्झाउने क्षेमता नभएको र अन्धाधुन्द लाठ्ठी चार्ज गर्दै प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन् ।
मोरङको उर्लाबारी नगरपालिकाका मेयर आफैँ सडकमा उत्रिएर लकडाउन उल्लंघन गर्नेहरूलाई कारबाही गर्न थालेका छन् । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले प्रहरी र नगर प्रहरीको सहयोगमा बन्दाबन्दी उल्लंघन गर्नेहरूलाई लाठी चार्ज गर्दै कारबाही गर्न थालेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको एउटा भिडियोमा मेयर फागो गाडीमा निस्किएर बाटोमा भेटिएका यात्रुहरूलाई कुट्दै गरेको देख्न सकिन्छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले हिजोदेखि लकडाउन गरेको छ । तर, त्यसलाई अटेर गर्नेको संख्या अधिक भएपछि मोरङको उर्लाबारीमा भाटे कार्वाही सुरु भएको छ । प्रहरीसहित उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो स्वम्ले भाटे कार्वाही गर्नुभएको छ । अनावश्यक रुपमा घर बाहिर निस्केकालाई भाटे कार्वाही गरिएको हो । अब घरबाट बाहिर ननिस्किनु नै उत्तम उपाय ।
Gepostet von Shrestha Kishor am Mittwoch, 25. März 2020
उनीसँगै प्रहरीले पनि यात्रुहरूलाई लाठीचार्ज गरिरहेका छन् । यसअघि इटहरीमा प्रहरीले साइकलमा जाँदै गरेको एक युवकमाथि लाठी बर्साएको थियो । सो कार्य प्रहरीको दुर्व्यवहार भएको भन्दै प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न दुई प्रहरीलाई कारबाही गर्ने बताएको थियो । बन्दाबन्दी उल्लंघन गर्नेलाई एक महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहे पनि उर्लाबरीका मेयरले सो कुराको वेवास्ता गरेका छन् ।
त्यस्तै गरी राजधानीको सुन्धारामा पनि एक महिला माथी प्रहरीले लाठीचार्ज गरेको छ । पोखरा,चितवन,विरगञ्ज लगायतका विभिन्न ठाउँमा यस किसिमको कारबार्ही प्रहरीले गरेको छ । लगडाउनको पहिलो दिन भन्दा दोस्रो दिन निकै कडा गरिएको छ ।