Logo

मेघगर्जन र चटयाङ सहित भारी बर्षा हुने सबैलाई सचेत रहन आग्रह


कलाखबर संवाददाता,१२,चैत्र–काठमाण्डौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गदै हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।

यसैगरी, हाल देशको मध्य र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । आज दिउँसो भने देशको मध्य र पूर्वि भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि रहनेछ।

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

पूर्वी पहाडी भू–भागका एक-दुई स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्