Logo

कर्फ्यू जारी नगर्ने मन्त्री खतिवडाको उदघोष


कलाखबर संवाददाता,११,चैत्र–काठमाण्डौं । सरकारका प्रभक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले कर्फ्यू जारी गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् । मंगलबार सरकारले राखेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा बोल्दै पत्रकारहरुसँग सो कुरा उनले बताएका हुन् ।

आज पहिलो दिन जनताले सरकारको आग्रहलाई पालना गरेको भन्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा। युवराज खतिवडाले धन्यवादसमेत दिएका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि एक सातासम्म मुलुकमा लकडाउन गरेको छ ।

यो कुुरा जनताले पनि बुझेको र राम्रोसँग यसको पालना गरेकोले लकडाउनलाई नै निरन्र्तता दिने र यही कदमलाई प्रभावकारी रुपमा कार्यान्यवयन गर्ने पनि मन्त्री खतिवडाले बताए । त्यस्तै, उनले भीडभाडले कोरोना भाइरस संक्रमण जोखिम बढाउने भएकोले लकडाउन गरेको जानकारी दिए ।

सबै जनता सचेत भएर सकरात्मक भावनाका साथ यतिखेर यो महामारीको रुपमा फैलिएको कोरोना विरुद्ध लडन सरकारलाई सहयोग गर्न पनि मन्त्री खतिवडाले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्