Logo

यशुको शक्तिले कोरोना भाग्छ भन्दै भ्रमपूर्ण प्रवचन दिने पास्चर (क्रिश्चियन धर्म) गुरु प्रहरीद्वारा पक्राऊ


कलाखबर संवाददाता,११,चैत्र–पोखरा । यशुका अनुयायी अर्थात क्रिश्चियनलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै भ्रामक प्रवचन दिने एक जना पास्चर (क्रिश्चियन धर्म गुरु) लाई प्रहरीले पक्राउ गरेको छ । जुम्ला जिल्ला स्थायी घर भै हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउसमा बस्दै आएका केशवराज आचार्यलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी प्रशस्त कटनी मण्डलीका पास्चर हुन । क्रिश्चियन धर्म फैलाउने कार्यमा लामो समय देखि संलग्न उनले कोरानाको त्रास फैलिएको बेलामा पनि भ्रामक प्रवचन दिएर धर्म कै प्रचार गरिरहेका थिए । ए कोरोना त मरिजा, प्रभुको शक्तिले तलाई नाश गर्नेछ भन्दै उनले दिएको प्रवचन सामाजिक सञ्जाल भरि छ । उनलाई धेरै सामाजिक सञ्जाल कर्ताले गाली समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार अहिले उनी प्रहरी हिरासतमा छन् र उनलाई विपदको बेलामा अफवाह फैलाएको अभियोगमा मुद्दा चलाउने तयारी भैरहेको छ । उनलाई ६ महिनासम्म कैद सजाय हुन सक्छ । केही दिन अघि उनले लेखनाथकै तालचोक आसपासका सुकुम्बासी बस्तीका स्थानीयलाई जम्मा पारेर प्रभु यसुका अनुयायीलाई कोरोराले छुनै सक्दैन भन्दै प्रवचन दिएका थिए ।

लामै प्रवचन दिएका आचार्यले भनेका छन–‘कोरोना दुष्ट आत्मा हो, हामी विश्वासीलाई यसले छुन मिल्दैन । स्मरण रहोस, यति बेला क्रिश्चियन राष्ट्रहरु युरोप, अमेरिका लगायतका देशमा कोरोना तिव्र गतिमा फैलिरहेको छ र क्रिश्चियनह धार्मिक अनुयायीहरु कै ठुलो संख्यामा ज्यान गैरहेको छ । यस्ता भ्रामक प्रवचनको विश्वास नगर्न र भिडभाडमा नजान एसपी कार्कीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्