Logo

सरकारले गरेको लगडाउन सफल,राजधानी काठमाण्डौं बन्यो सुनसान


 

कलाखबर संवाददाता,११,चैत्र–काठमाण्डौं । सरकारले गरेको लगडाउन अन्त त पूर्ण रुपमा सफल भएको छ । अहिले राजधानी काठमाण्डौं सुनसान बनेको छ । प्रहरीले आम सर्ब साधारणलाई घरबाट बाहिर निस्कन दिएको छैन । सडकमा कडा रुपमा चेकजाँच गरिएको छ । राजधानी लगायत जिल्लाका सबै ठाँउमा सुरक्षाकर्मी र सञ्चारकर्मी परिचालित भएका छन् ।

कोरोनाभाइरसको संक्रमण महामारीबाट जोगिन सरकारले लक डाउनको नीति अपनाएको हो । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरमा मंगलबार अत्यावश्यक सेवा सञ्चालनका सवारी साधनबाहेकका सवारी साधन सञ्चालन भएको देखिएन ।

उपत्यकाको मंगलबार बिहानको दृश्य लगभग कफ्र्युको जस्तै देखिएको थियो । लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो । माइकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न, घर बाहिर ननिस्कन आग्रह गर्दै हिँडेको देखिन्थ्यो ।

सडकमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ भने सवारी साधनको र परिचयपत्रको चेकजाँचलाई पनि कडाई गरिएको छ । फाट्टफुट्ट सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले घरभित्रै बस्न आग्रह गरेका छन् ।

कोरोना संक्रमणको विरामी फेला परेपछि थप संक्रमण नफैलियोस् भनि सोमबार सरकारले संक्रामक रोग ऐन २०२० अनुसार एकसाताका लागि मुलुकभर लकडाउनको घोषणा गरेको हो ।

मंगलबार बिहान ६ बजे देखि १८ गते सम्म अत्यावश्यक बाहेक सर्वसाधरणलाई घर बाहिर निस्कन निषेध गरिएको छ । सडकमा फोहोर बोक्ने गाडी र एम्बुलेन्स मात्र फाट्टफुट्ट चलेको देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्