Logo

कञ्चनपुरको ताजा अपडेट, पूरै जिल्ला लकडाउन,सबै सडक बस्ति नै सुनसान


 

कलाखबर संवाददाता,१०,चैत्र–महेन्द्रनगर । विश्वव्यापी तिब्र रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमण जोखिमलाई मध्यनजर गर्दै पश्चिमी सीमावर्ती जिल्ला कञ्चनपुर ‘लकडाउन’ गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आइतबारको निर्णयअनुसार आइतबार मध्यराती देखि लागू हुनेगरि ‘लकडाउन’को निर्णय गरिएको हो ।

लकडाउनको समयमा दूध पानी तथा पेट्रोलियम पदार्थको ढुवानी नरोकिने प्रशासनले जनाएको छ । उद्योग तथा कलकारखानाहरु यस अघि नै बन्द भइसकेका छन् । सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका मुख्य बजार र बस्तीमा स्थानीय तथा सर्वसाधारणलाई घर बाहिर निस्किन दिइएको छैन ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार साँझ नै सूचना प्रकाशित गरी आकस्मिक उपचार बाहेक अन्य जुनसुकै कामका लागि सर्वसाधारणलाई घर बाहिर ननिस्किन भनेको छ । साथै, स्थानीय प्रशासनले जारी गरेको सूचनाको बर्खिलाप कुनै पनि व्यक्ति घर बाहिर निस्किएको पाइएमा सुरक्षाकर्र्मी तथा अधिकार प्राप्त अधिकारीले जाँचबुझ गरी कानून बमोजिम कारबाही गरिने पनि सूचनामार्फत चेतावनी दिइएको छ ।

                                                                          फोटोमा हेर्नुहोस् बन्द कञ्चनपुर 

प्रतिक्रिया दिनुहोस्