कोरोना संक्रमणको विरुद्ध लडन सरकारले खडा गरेको कोषमा एक महिनाको तलव दिने पत्रकार कार्कीको घोषणा
कलाखबर संवाददाता,१०,चैत्र–काठमाण्डौं । कोरोना भाइरस संक्रमण महामारीविरुद्ध लडन सरकारले कोषको स्थापना गरेको छ । सो लगतै रिपोर्टर्स नेपाल डटकमका पत्रकार ईश्वर कार्कीले सरकारले खडा गरेको कोषमा एक महिनाको तलव दिने घोषणा गरेका हुन ।
कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न खडा गरेको कोरोना उपचार कोषमा आफ्नो एक महिनाको तलब प्रदान गर्ने काकीले बचन दिएका हुन् ।
आईतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो । सरकारले कोष खडा गरेलगत्तै पत्रकार कार्कीले पनि आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गरेका हुन् । कार्कीले सो कुरा आफ्नो फेसबुकबाट पनि साथीभाई तथा आम जनमासलाई जानकारी गराएका थिए ।
मानवीय विपदका घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त विपदबाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आफूले व्यक्तिगत रुपमा उक्त कोषमा जम्मा हुनेगरी एक महिनाको तलब प्रदान गर्न लागेको कार्कीले जानकारी दिए ।
कार्की लामो समयदेखि पत्रकारिका पेशामा लागेका एक कुशल र कर्मठशील पत्रकार पनि हुन् । कार्की हाल रिपोर्टर्स क्लब नेपालका कार्र्यक्रम व्यावस्थापन तथा कोषाध्यक्षको रुपमा समेत कार्यरत छन् ।