आजबाट लामो रुटको सवारी साधन नचल्ने,राजधानी सडक खुल्ला हुन थाल्यो
कलाखबर संवाददाता,१०,चैत्र–काठमाण्डौं । विश्वभर फैलिरहेको कोरोना भाइसरसको संक्रमणबाट बच्न आज चैत्र १० गतेबाट लामो रुटका सबै सवारी साधान आवतजावतमा सरकारले रोग लगाएको छ । सरकारले आजबाट लागु हुने गरि लामो दुरीको यात्रुवाहक सवारी चल्न निषेध गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गरी कोरोना भाइरसको जोखिमबाट बच्न लामो दुरीका सवारी साधन बन्दको घोषणा गरेका थिए । लामो दुरीको यात्रुवाहक सवारी साधन बन्द गरिएपछि अहिले राजमार्गहरुमा सवारी साधन कममात्र चलेका छन् ।
अत्यावश्यक सवारी साधान र मालवाहक सवारी भने सुचारु छन् । छोटो र मध्यम दुरीको यात्रुवाहक सवारी साधन भने चलिरहेका छन् । तर, त्यस्ता सवारी पनि कमै चलेका छन् । काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दुरीका यात्रुवाहक सवारीमा कुनै रोक छैन ।
कुन कुन रुट र कुन कुन सवारी सवारी साधन चल्छ ?
छोटो दुरीको सार्वजनिक यात्रुबस, मध्यम दुरीको सार्वजनिक यात्रुबस, निजी सवारी साधन, मालबाहक सवारीसाधन, खानेपानी ढुवानी, दैनिक उपभोग्य सामाग्री बोक्ने सवारी साधान,फोहोर बोक्ने सवारी,पेट्रोलियम पद्धार्थ ढुवानीको सवारी आदी चल्न पाउछन भने
लामो दुरीका कुनै पनि सवारी साधन २१ गते सम्मका लागि नचल्ने भएको छ ।