‘सक्किगोनी’ टिम क्वारेन्टाइनमा
कलाखबर संवाददाता,९ चैत्र–काठमाण्डौं । हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को टिम “सेल्फ क्वारेन्टाइनमा” बस्ने निर्णयमा पुगेका छन् । जसका कारण ‘सक्किगोनी’को छायांकन एवं प्रशारण रोकिने भएको छ । कोरोनाको त्रासका कारण छायांकन गर्न नसकिने भएकाले सिरियलको प्रशारण स्थगन गरिएको छ ।
सक्किगोनीका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले सरकारले गरेको आह्वानलाई आत्मासाथ गर्दै छायांकन रोकिएको बताए । सरकारबाट अर्को सुचना नआइन्जेल ‘सक्किगोनी’को प्रशारण बन्द गरिएको अर्जुनको भनाई छ । सिरियलको प्रशारण रोकिँदा दर्शकदीर्घामा पर्न गएको असरमा निर्माण पक्षले क्षमायाचना मागेको छ । साथै अर्जुनले दर्शकहरुलाई सुरक्षित र सजग रही धैर्यवान रहनुहुन अनुरोध गर्दै सुस्वास्थ्यको कामना समेत व्यक्त गरेका छन् । परिस्थिति सामान्य हुनासाथ पुनः नियमित भागहरु आउने वताइएको छ ।’