आजदेखि देशभरका हल बन्द

कलाखबर संवाददाता,७ चैत्र–काठमाण्डौं ।’कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै सरकारले देशभरका हल बन्द गर्ने निर्णय गरेसँगै हल संचालकहरुले सूचना जारी गर्दै आजबाट वैशाख १८ गतेसम्मलाई हल बन्द गर्ने निर्णय गरेका छन् । चलचित्र संघले पनि विज्ञप्ती जारी गर्दै आजबाट वैशाख १८ गतेसम्मलाई सम्पूर्ण हल बन्द गर्न सूचना जारी गरिसकेको छ ।
देशको सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सले आफ्नो वेवसाइटमा जनताको सुरक्षा पहिलो प्राथमिकता भएको भन्दै हल वैशाख १८ गतेसम्मलाई बन्द भएको जानकारी दिएको छ ।