‘मिस नेपाल २०२०’ स्थगित

कलाखबर संवाददाता,७ चैत्र–काठमाण्डौं ।’मिस नेपाल २०२०’ प्रतियोगिता स्थगित भएको छ । सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरे लगत्तै आयोजक द हिडन ट्रेजरले यो निर्णय लिएको हो ।
आयोजकले बिहीबार बैठक बसी आगामी वैशाख १८ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा अडिसन पनि सकिसकेको छ । मिस नेपालको फाईनल आगामी वैशाख ३ मा राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुने तय गरिएको थियो ।