हिउँले ढाकियो मुस्ताङ (फोटोफिचर)
विपिन वाग्ले,७ चैत्र–जोमसोम । मुस्ताङको सदरमुकाम जोमसोम बजारमा गत आइतबार परेको परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।जिल्लाका पाँचवटै स्थानीय तहमा बाक्लो हिमपात भएको जनाईएको छ ।
भारी हिमपातले सडक छेउछाउका विद्युत पोलले हिउ थेग्न नसकेपछि विद्युत पोल ढलेका छन्। जसका कारण सदरमुकाम बजारक्षेत्रको सवारी तथा पैदलयात्रुलाई आवतजावतमा समस्या परेको छ ।
चैत्र महिनामा हिमपात भएको यो पहिलो रेकर्ड भनिएको छ। स्थानियका अनुसार,विगतका वर्षहरुमा फागुनको दोश्रो सातासम्म हिउँ पर्ने गरेकोमा यसवर्ष भने नसोचेका हिमपात परेको हो।
यस्तै हिमपातले शैक्षिक संस्था बन्द हुनुका साथै पोखरा जोमसोम हवाइ सेवा समेत प्रभावित बनेको छ ।
फोटोफिचर :