Logo

गल्छि गाउँपालिकामा उद्यमशिलता विकास तालिम समापन


 

कलाखबर संवाददाता,२३,फागुन–धादिङ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्र्तगत धादिङ जिल्लाको गल्छि गाउँपालिका वडा नं ६ ,मा सञ्चालित व्यवसाय सुरु, सचेतना,लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण तालिम शुक्रबार समापन गरिएको छ । मेड्पा मोडलको दोस्रो चरण अनर्तगतको वडा नं ६ गल्छि गाउँपालिकामा सो तालिमको समापन गरिएको हो ।

नेपाल सरकार उद्योग मन्त्रालय अनर्तगत घरेलु तथा साना उद्योग विकास समिति धादिङ र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौंको संयुक्त आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो । नेपाल सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय स्तरमा रहेका बेराजगार यूवा वर्गहरुलाई निशुल्क सीप विकास तालिम दिने भएको छ । गल्छि गाउँपालिकामा वडा नं ६ का स्वास्थ्य सयंमसेवीका अप्सरा पण्डितले शुक्रबार कार्यक्रमलाई समापन गरेकी थिइन् ।

कार्यक्रमलाई समापन गर्दै पण्डित सबै सहभागीहरुले राम्रो सीप सिकेर केही गर्न सक्छन भन्ने विश्वास रहेको बताइन् । बेरोजगार युवा जागरणका लागि आफ्नो वडामा यस्तो महत्वपूर्ण तालिम आएकोमा आफु निकै खुशी लागेको धेरथोर आफूहरुले केही उद्यम व्यवसाय गरी रहेको र अझै यो तालिमले झन आफूहरुले क्षमता बृद्धि गराउने उद्देश्यले तालिम लिन आएको सहभागीहरुले बताए । तालिमलाई उद्यम बिकास सहजकर्ता सुनिता जैसि र रेमा पुन मगरले सञ्चालन गरेका थिए ।

गल्छि गाउँपालिकामा निकै उत्सुक्ताका साथ सहभागीहरु जम्मा भएका थिए । यो भन्दा अगाडी पनि धेरै तालिम आएको तर आँखामा छाँरो हाल्ने काम मात्र भएकोले कुनै अर्थपूर्ण नभएको जानकारी गराउदै यो पटकको तालिमले भने साँच्चिकैको तालिम दिएर नयाँ उद्यमी बनाउछ भन्ने विश्वास लिएको पण्डितले बताइन् । जति पनि सहभागीहरु आएका छन्, एकदमै उत्सुक्ताका साथ आएका छन् । त्यसैले उनीहरुको ईच्छा र उत्सुक्तालाई नमार्न पनि पण्डितले आग्रह गरिन् ।

कार्यक्रमलाई समापन गर्न सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रको तर्फबाट कार्यक्रम व्यवस्थापक ईश्वरी अधिकारी र डि।वि।ए। राज कुमार राई ,तथा धादिङ जिल्ला कार्यक्रम संयोजक सिता रिजाल पुगेका थिए । कार्यक्रममा बोल्दै रिजालले भन्नु भयो,योे तालिमले पक्कै पनि सहभागीहरुलाई आत्मा निभर्र बनाउन सक्छन् भन्ने विश्वास लिएको छु ।

कार्यक्रम व्यवस्थापक ईश्वरी अधिकारीले सहभागीहरुको ईच्छा र आकांक्षा अनुसारको सीप विकास तालिम सञ्चालन गर्ने बताए । साथै तालिम निकै महत्वपूर्ण हुने जानकारी गराउदै अधिकारीले तालिमको अवधिभर जस्तोसुकै अवस्थामा पनि उपस्थित हुन आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्